RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/६ गते
४८१ पटक

काठमाडौं : सेयर कारोबारको अघिल्लो दिन आइतबार ११.६० अंकले ओरालो लागेको नेप्से परिसूचक सोमबार सामान्य अंकले बढेको छ। यसदिन नेप्से ७.९० अंकले बढेर २७ सय ६५.४३ विन्दुमा अडेको छ। नेप्से सामान्य अंकले बढेपनि कारोबार रकम भने ओरालो लागेको छ। आज ३ अर्ब ९२ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

आइतबार २२५ कम्पनीको ७८ लाख ९४ हजार ४६८ कित्ता सेयर ४ अर्ब ३५ करोड मूल्य बराबरमा खरिदबिक्री भएको थियो। यसदिन सेन्सेटिभ इण्डेक्स पनि १.२१ अंकले बढेर ५१९.४६ विन्दुमा अडेको छ। यस्तै यसदिन २२५ कम्पनीको ७५ लाख ६५ हजार ५१० कित्ता सेयर ३ अर्ब ९२ करोड ९२ लाख ६१ हजार ६२७ रुपैयाँमा कारोबार भयो।

कारोबारमा आएका १३ समूहमध्ये ८ समूहको नेप्से परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटनको सर्वाधिक ४.५१ प्रतिशतले सेयर मूल्य बढेको छ। त्यस्तै अन्यको १.३३ प्रतिशतले बढ्दा अन्य समूहको ०.८३ प्रतिशतसम्मले बढेको छ।

दुई कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। मानुषी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत र चन्द्रगिरी हिल्सको ९.७५ प्रतिशतले सेयर मूल्य बढेको हो। कारोबार रकमका आधारमा महालक्ष्मी विकास बैंक शीर्षस्थानमा रह्यो।

यसदिन सो कम्पनीको ३४ करोड ४१ लाख २५ हजार ५०२ मूल्यमा सेयर कारोबार हुँदा दोस्रोमा नेपाल दूरसं‌चार कम्पनीको २९ करोड १८ लाख ६७ हजार ४०६ मूल्यमा सेयर कारोबार भयो।

www.annapurnapost.com

प्रतिकृया दिनुहोस्