RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/६ गते
४३३ पटक

काठमाडौं, ६ मंसिर । नेपालमा पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बितेको २४ घण्टामा देशभर ९ हजार ९२१ जनाको आरटी–पीसीआर गर्दा ३६७ जना र २ हजार ७७६ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी आज ३८५ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख १९ हजार ३८६ जना पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५०० जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५८ जना संक्रमित निको भएका छन् । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमणमुक्त हुनेको संख्या ८ लाख ६१७ जना पुगेको छ । यो कुल संक्रमितको ९७ दशमल ७ प्रतिशत हो ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २६९ जना छ । मन्त्रालयका अनुसार हालसम्म नेपालमा ४५ लाख ६८ हजार २३७ जनाको स्वाब (नमूना) परीक्षण गरिएको छ भने अहिले ७ हजार २६९ जना आइसोलेसन र ९८ जना क्वारेन्टिनमा छन् ।

प्रतिकृया दिनुहोस्