RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/७ गते
४३७ पटक

काठमाडौं: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई झापामा आएर महाधिवेशन गर्न आह्वान गरेका छन्।

मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रियामा सोधिएको प्रश्नमा ओलीले जवाफ दिँदै भने, ‘महाधिवेशन कहाँ गरौं भन्ने चिन्तामा थियौं। सिरहा गरौं त्यहाँ पनि उहाँ (प्रचण्ड)ले चुनाव लडेको ठाउँ, रोल्पा गरौं त्यहाँ पनि चुनाव लडेको ठाउँ, काठमाडौं गरौं त्यहाँ पनि चुनाव लडेको ठाउँ, कहीँ त गर्न पर्‍यो भनेर चितवन गरेका हौं,’ उनले भने।

ओलीले आफूलाई सिध्याउनलाई महाधिवेशन गरेजस्तो लाग्छ भने माओवादी केन्द्रको महाधिवेशन झापामा गर्न आह्वान गरे। ‘कुन दिन हामी उहाँ चुनाव लडेको ठाउँको बाटोमा हिँडौंला। मलाई सिध्याउन यो बाटो हिँड्यो भनेर हुन्छ? त्यस्तै डर छ भने मेरो क्षेत्र झापमा आएर महाधिवेशन गर्नुस्।’

उनले आफूहरुले आफ्नो पार्टीको अधिवेशन गर्न लागेको भन्दै त्यसबाट विचलित नहुन आग्रह गरेका थिए।

https://annapurnapost.com/

प्रतिकृया दिनुहोस्