RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१३ गते
८२५ पटक

काठमाडौं: नेकपा एमालेको जारी दसौं महाधिवेशनका उम्मेदवारहरुको नामावली सार्वजनिक भएको छ। सूचीअनुसार अध्यक्षमा २, उपाध्यक्षमा ७ र सचिवमा ९ जनाको उम्मेदवारी दर्ता भएको छ। अध्यक्ष केपी शर्मा ओली र भीम रावलबीच अध्यक्ष पदमा प्रतिस्पर्धा हुने भएको छ।

त्यस्तै उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ। जसमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा, विष्णु पौडेल, सुवास नेम्वाङ र घनश्याम भुसालले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै सचिव पदमा भीम आचार्य, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लेखराज भट्ट, रघुवीर महासेठ, योगेश भट्टराई, गोकर्ण विष्ट, पद्यमा अर्याल र टंक कार्कीले उम्मेदवारी दिएका छन्।

ओलीले आइतबार राति ३०१ जना केन्द्रीय सदस्य र पदाधिकारीको सूची पेस गरेका थिए। प्रस्तावित सूचीबाहेक थप ३० जनाले उम्मेदवारी दिएका छन्।

जसमा वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव निर्विरोध निर्वाचित भइसकेका छन्। एमालेको जारी १०औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा इश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, विष्णु रिमाल निर्वाचित भएका हुन्।

उम्मेदवारी दर्ताको समयसीमाभित्र उनीहरूको मात्रै उम्मेदवारी परेको केन्द्रीय निर्वाचन कार्यालयले जनाएको छ। यद्यपि औपचारिक घोषणा भने भएको छैन। अध्यक्ष, उपाध्यक्ष र सचिवलगायत १४ पदाधिकारीका लागि भने निर्वाचन हुने भएको छ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावल, उपाध्यक्षमा घनश्याम भूसाल, सचिवमा भीम आचार्य, टंक कार्कीको पनि उम्मेदवारी परेको छ ।

प्रतिकृया दिनुहोस्