RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१४ गते
८०६ पटक

काठमाडौं । नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् ।चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् ।

एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८०८ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी भीम रावलले २१३ मत प्राप्त गरेका छन् ।

पोखरेलले भने, ‘विद्युतीय मतदानमा बदर भन्ने हुन्न तर केही नो भोटसमेत रहेकाले खसेजति मत उम्मेदवारले पाउन सकेनन् । त्यसैले खसेको मत र दुई उम्मेदवारले पाएको मत जोड्दा हिसाब मिल्दैन ।’

एमालेमा सर्वसम्मति प्रयास असफल भएपछि ओली र रावलबीच चुनाव भएको थियो । अघिल्लो नवौं महाधिवेशनमा माधव नेपाललाई झिनो अन्तरले पराजित गरेका ओलीले यसपाली रावलमाथि सहज जित हासिल गरेका छन् ।निर्वाचन आयोगले केही बेरमा मतपरिणामको आधिकारिक घोषणा गर्दैछ ।

प्रतिकृया दिनुहोस्