RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१६ गते
७९८ पटक

काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज प्रदेश अधिवेशन सुरु हुँदैछ। देशका सातवटै प्रदेशमा आज अधिवेशन सुरु हुने भएको हो।

प्रदेश अधिवेशनअन्तर्गत बागमती प्रदेश अधिवेशनको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएका छन। यसको लागि कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा आज हेटौंडा जाने कार्यक्रम रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

बागमती प्रदेशको अधिवेशनको सम्पूर्ण तयारी भइसकेको बागमती संयोजक प्रदीप कोइरालाले जानकारी दिए। उनका अनुसार प्रदेश अधिवेशनको उद्घाटन हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थान परिसरमा आज बिहान ११ बजे हुनेछ।

अधिवेशनअन्तर्गत आज उद्घाटनसँगै उम्मेदवाहरुको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ। निर्वाचन भने शुक्रबार हुने निर्वाचन कार्यतालिका रहेको छ।

बाँकी प्रदेश अधिवेशनअन्तर्गत प्रदेश १ को विराटनगरमा, २ को जनकपुरधाममा, गण्डकीको पोखरामा, लुम्बिनीको बुटवलमा, कर्णालीको सुर्खेतमा र सुदूरपश्चिमको धनगढीमा हुनेछ।

 

प्रतिकृया दिनुहोस्