RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/८/१६ गते
६३९ पटक

सुर्खेत । नेपाली कांग्रेसको प्रदेश अधिवेशन बिहीबारदेखि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सुरु भएको छ ।

अधिवेशनको महामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका छन् । आगामी नेतृत्व चयनका लागि प्रदेशको अधिवेशन बिहीबारदेखि देशैभर सुरु भएको हो ।

प्रदेश सभापति पदका लागि संस्थापन पक्षबाट राजिवविक्रम शाह र ललितजंग शाहीले दाबी गरेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट भुपेन्द्रजंग शाही र दिपकजंग शाहले सभापतिमा दाबी गरेका छन् ।

दुवै पक्षले सभापति पदका लागि एक/एक जना उम्मेदवार टुङ्ग्याउने प्रयास जारी राखेका छन् भने हालसम्म कुनै टुङ्गो लाग्न सकेको छैन ।

प्रतिकृया दिनुहोस्