RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१७ गते
५१३ पटक

पुस १७ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले सन् २०२२ मा कोरोना भाइरसको महामारीमाथि विजयी प्राप्त गर्नेमा आशावादी रहेको जनाएको छ ।

सङ्गठनका प्रमुख डा। टेड्रोस आध्यनोम ग्रेब्रेयससले कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमण फैलिन नदिनका लागि विश्वभरका देशहरुले सहकार्य गर्नुपर्ने बताउनुभएको हो ।

डब्ल्यूएचओका प्रमुख डा. गेब्रेयससले नयाँ वर्ष २०२२ को शुभकामना सन्देशमा ‘साँघुरो राष्ट्रवाद र खोप सञ्चय’ लाई लिएर चेतावनी दिनुभएको छ ।

दुई वर्ष पहिले चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको महामारी त्यसयता विश्वभर फैलिएको छ । अहिले विश्वभर सङ्क्रमितको सङ्ख्या २ सय ८७ मिलियन पुगेको छ । कोरोनाका कारण ५५ लाख मानिसको ज्यान गएको छ ।

प्रतिकृया दिनुहोस्