RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/९/१८ गते
३६६ पटक

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनबारे पूर्वतयारी गर्न निर्देशन दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे स्वास्थ्य सेवा विभागअन्तर्गतको इडिसिडीले आइतबार सबै स्थानीय तह, जिल्ला स्वास्थ्य कार्यालयहरू र स्वास्थ्य निर्देशनालयहरूलाई परिपत्र गर्दै थप सतर्कता अपनाउन र पूर्वतयारी गर्न निर्देशन दिएको हो।

‘हालसम्म पनि यस महामारीको विश्वव्यापी जोखिम कायमै रहेको सन्दर्भमा थप संक्रामक भेरियन्ट ओमिक्रोन नेपालमा समेत भित्रनुले सबै निकाय अझ सतर्क र पूर्वतयारीका साथ रहनु अपरिहार्य देखिन्छ,’ निर्देशनमा उल्लेख छ।

भाइरस उत्परिवर्तन भएर नयाँ नयाँ भेरियन्टहरू आउने उल्लेख गर्दै महाशाखाले निर्देशिकाहरूको पूर्ण पालना गर्न/गराउनसमेत आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्