RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१०/२ गते
४७७ पटक

काठमाडौं :  यसँगै नेप्से चार महिनायताकै उच्च विन्दुमा पुगेको हो। यसअघि नेप्से भदौ २९ गते २९ सय २९.२९ विन्दुमा पुगेर बन्द भएको थियो।

नेप्से बढेसँगै यसदिन कारोबार रकममा पनि उच्च वृद्धि भएको छ। २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँमा खरिदबिक्री भएको छ।

यसदिन कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ५.६२ प्रतिशतले बढेको छ। अन्य समूहको ३ प्रतिशतभन्दा बढीले बढेको छ।

यसदिन कारोबार रकमका आधारमा अरुण भ्याली हाइड्रोपावर शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३२ करोड ४६ लाखभन्दा बढी रुपैयाँमा सेयर कारोबार भयो। यसैगरी अपि पावर, अमर तामाकोशी, शिवम् सिमेन्टस,नेपाल इन्फ्रास्ट्रक्चर र एचआइडीसीएलको २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ।

 

प्रतिकृया दिनुहोस्