RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७८/१०/९ गते
७१३ पटक

माघ ९ । आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।मौसमविद् मञ्जु बासीकाअनुसार यी तीन प्रदेशमा आज चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।

सामान्यतया हिउँदमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुँदैन । तर पछिल्लो समयमा हिउँदको समयमा पनि चट्याङ्ग र असिना समेत पर्न थालेको छ ।

यसलाई जलवायु परिवर्तनसँग जोडेर हेरिए पनि यही मात्रै कारण मान्न नमिल्ने मौसमविद्को भनाइ छ । प्रि-मनसुनको जस्तो अहिले चट्याङ्ग पर्नुको कारणबारे अध्ययन हुन बाँकी छ ।

यस्तै, आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको समेत सम्भावना छ ।

वाग्मती प्रदेशमा पनि आज हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् । राति पनि देशका केही ठाउँमा हल्का पानी पर्ने मौसमविद् बासीले बताउनु भयो । भोलिको मौसम पनि यस्तै रहने मौसमविद्ले बताएका छन् । भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्यदेखि पूर्ण बद्ली रहने अनुमान छ ।

पर्सिदेखि भने मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् । तर, पूर्णरुपमा मौसम खुल्न भने समय लाग्ने उनीहरुको भनाइ छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ माघ ०९ गते  (आईतबार)

दिउँसो :  देशभर सामान्य देखि पूर्ण बदली रहने छ।  लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा मेघ/ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ भने बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ।  कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानमा साथै गण्डकी, बागमती र प्रदेश न १ का उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

राती : देशभर सामान्य देखि पूर्ण बदली रहने छ।  सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघ/ गर्जन चट्याङ्ग सहित हल्का देखी मध्यम वर्षाको संभावना रहेको छ भने बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको संभावना छ।

२०७८ माघ १० गते  (सोमबार)

दिउँसो : सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्यतया बदलीको सम्भावना रहेको छ । सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम र बांकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भू-भागमा  देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

२०७८ माघ ११ गते  (मंगलबार)

दिउँसो : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशको पहाडी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

राती : देशको पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रहने र बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको संभावना छ।

प्रतिकृया दिनुहोस्