RaraNews

डा. राधिका बुढ्थापा प्रकाशित : २०७८/११/७ गते
२३७० पटक
डा. राधिका बुढ्थापा

म केही वर्ष यताबाट महिलाको हक अधिकार बिषयमा समय पाउनासाथ कलम चलाउँदै आएकी छु । मलाई म आपूm र मेरा साथीहरु बेलाबेलामा घरपरिवारमा, समाजमा, विद्यालयमा, कार्यालयमा अर्थात भनौँ जताततै महिला भएकै कारणले उत्पीडित हुनुपरेको कारणले मनमा नमिठो अनुभूति हुन्छ ।

हाम्रा अधिकांश महिला दिदी बहिनीहरु यस्तो परिवेशबाट अछुतो छन् जस्तो लाग्दैन । हाम्रो समाजमा धेरै प्रकारका राजनीतिक परिवर्तनहरु भए, संविधान र सरकार परिवर्तन भए तर यो वा त्यो प्रकारले महिलामाथिको हिंसाको श्रृङ्खला रोकिएको छैन र यो अवस्था तत्कालै रोकिने सम्भावना पनि देखिदैन ।

संबैधानिक ब्यवस्था र उपलब्ध सूचाङ्कहरुलाई आधार मान्ने हो भने नेपालको लैङ्गिक समानतावादी आन्दोलनले लिएको गति र दिशालाई सन्तोषजनक मान्न सकिन्छ, तर महिलाहरुका ब्यवहारिक जीवनका जटिलतामा उल्लेख्य सुधार आउन सकेको छैन । जुन ब्यक्तिसँग राजनीतिक पहुँच छ र आर्थिक रुपमा सम्पन्न छन्, उनीहरु नै राज्य, कानुन र ब्यवस्थाकोे दुरुपयोग गर्दै बनेका कानुन्लाई पैतालाले टेक्छन् र मनपरी गर्दछन् । यिनीहरु नै समाजमा खुलेआम हिँड्छन् र सम्मानित हुन्छन् ।

‘माथिबाट हुने राजनीतिक संरक्षणले’ यस्ता पीडक सजायबाट सजिलै उम्किन्छन्, बरु उल्टै पीडित प्रताडित बन्दछन् । यस्ता घटनाहरु प्रसस्त संख्यामा देख्न र सुन्नमा आउँछन् । बिचरा पिडितहरुलाई आप्mनो परिवार, आप्mनो गाउँ, आप्mनो देशमा खुलेर हिँड्न नपाउनु जत्तिको पीडा अरु के हुनसक्छ र । अहिले पनि एउटी नेपाली महिलाले बिना डर, त्रास स्वतन्त्र रुपमा आफ्नै देश भित्र हिँडडुल गर्नलाई धेरै पटक सोच्नुपर्ने हुन्छ, विदेश भ्रमण त धेरै परको कुरा ।

केही वर्षबाट कोरोना महामारीले विश्वलाई आक्रान्त बनाइरहेको छ । लामो समयदेखि घरमै भूमिगत जस्तो बनेर बस्दा उकुशमुकुस भईराखेको समयमा कतै घुम्न निस्कने बिचारले म र छोरी मिलनले एक हप्ताकालागि संयुक्त अरब इमिरेट्सको राजधानी दुबई जाने योजना बनायांै । सहज वातावरणकालागि दिन सार्दा सार्दा बर्ष दिन भन्दा बढी बितिसकेछ ।

अन्ततः २०७८ सालको पौष २७ गते अर्थात ११ जनवरी २०२२ मा उड्ने पक्का भयो । निर्धारित मिति र समयमा हामी दुईजना त्रिभुवन बिमानस्थलको कतार एयरवेज्को काउन्टरमा पुग्याँै । टिकट काउन्टरमा भएका एकजना कर्मचारीले हामीसँग आवश्यक अनावश्यक धेरै प्रश्नहरु तेस्र्याए, त्यो पनि झर्केर । मैले विगत तीन दशकका दिनहरुमा दर्जनौं राष्ट्रिय अन्तरराष्ट्रिय हवाई यात्रा गरेकी छु, यस्ता कैयौं उडानको अनुभव गरेकी छु, तर यस्तो रुखो व्यवहारको अनुभव पहिलो पटक रह्यो ।

त्यहाँको परीक्षा पार भएपछि बोर्डिङ् पास र टिकट लिइसकेपछि फेरि यता अध्यागमनमा पनि केही ‘भद्र’ केरकारको सामना गनुप¥यो । यस प्रश्नोत्तर पश्चात् त्यहाँका कर्मचारीसँग मैले यही बाटो भएर धेरै पटक यात्रा गरिसकेको तर यसपटक तल काउन्टरदेखि नै मेरो अनुभव अलि खल्लो रहेको अनुभूति ब्यक्त गरें । तपाईहरु दुबैजना महिला र त्यसमा थप यात्रा पनि अरब देशको हुनलागेकोले यस्तो हुन गएको हो भन्ने जवाफ पाएँ । जे होस् केही सोधपुछ र केही पुस्ट्याँई पश्चात् त्यहाँबाट हामीले छुटकारा पायौं ।

साँझको करिब चार बजेर पाँच मिनेट जाँदा हामी दुईजना कतार एअरवेज्को बिमान चढेर त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल काठमाडौँको घनावस्तीबाट केही दिनकालागि बिदा हुँदै धुम्मिएको क्षितिजमा बिलिन भयांै । साढे पाँच घण्टाको पट्यारलाग्दो उडानपछि हवाईजहाजले कतारको हमाद बिमानस्थलमा टेक्यो ।

हाम्रो गन्तब्य कतार नभएर दुबई थियो, तर हाम्रो टिकट जहाँ जाने भएपनि कतार भएरै जानुपर्ने किसिमको थियो । हामी दुईजना नेपालबाट र छोरी ऋचा आफ्नो कर्मस्थल बेलायतबाट कतार विमानस्थलमा भेट्ने र एउटै विमानमा दुबई जाने ब्यवस्था मिलाएका थियांै । हाम्रो कतारको विमानस्थलको पर्खाईको छ घण्टा र छोरी हामी भएको ठाउँमा आई पुग्न पुरै पाँच घण्टा अरु बाँकी भएकोले कतार विमानस्थलमा आआफ्ना झोला डो¥याउँदै हाम्रा खुट्टा नथाकेसम्म यताउती हामी दुई भाँैतारिइरह्यांै । मेरोलागि यो विमानस्थल नौलो होइन । यात्राको क्रममा मैले यहाँ पटक पटक गरी पर्खाईमा धेरै समय बिताई सकेकी छु तर प्रत्येक पटक यो ठाउँ एकदम नौलो जस्तो लाग्छ र केही न केही नयाँ थपिएकै हुन्छ

यात्रुहरुलाई वस्ने ठाउँ, सजाइएर राखिएका स्मारिकाहरु, हरेक पटक एकटक उभिएर हेरिरहुँ झैँँ लाग्यो । कहिले माथिल्लो तला कहिले तल्लो तला गर्दागर्दै कतिखेर पाँच घण्टा बित्यो पत्तो नै भएन । हाम्रो दुबई जाने विमानको बोर्डिङ हुने गेटमा गएर बसेका मात्र के थियांै छोरी ऋचा पनि त्यही आईपुगिहालिन् । सामान्य भलाकुसारी पश्चात्को केहीबेरमै हामी तीनैजना आमा छोरी अन्य थुप्रै यात्रुहरुको लश्करसँगै दुबईकालागि बिमान भित्र प्रवेश ग¥यौँ ।

एक घण्टा भन्दा थोरै बढिको कतार दुबईको थप यात्रापछि हामी दुबई विमानस्थल अर्थात हाम्रो यसपटकको गन्तव्यस्थल पुग्यौं । त्यहाँ हामीसबै यात्रुलाई कोरोना भाईरसको ¥यापिड टेस्ट (द्रुत परिक्षण) अनिबार्य रुपमा गर्नुपर्ने रहेछ । हामी चढेको विमानमा करिव ३०० जना जति यात्री थियौँ होला तर पनि हामीलाई त्यहाँ परिक्षण गर्नको लागि पाँच मिनेट पनि कुर्न परेन । यो प्रकृया अति ब्यवस्थीत तरिका अवलम्वन गरिएको थियो । यसको नतिजा आउन करिव छ घण्टा लाग्ने भएकाले प्रतिवेदन ‘नेगेटिभ’ नआउँदासम्म हामीहरुलाई आपूm बसेको होटलमा नतिजा पर्खनुपर्ने थियो ।

विमानस्थलबाट हामी बाहिर निस्कदा बिहानको करिव तीन बजेर तीस मिनेट गएको थियो । हामीलाई होटलसम्म लैजानका लागि हातमा हाम्रो नाम लेखेको प्लेकार्ड लिएका एकजना ब्यक्ति बाहिर उभिएका थिए । उनलाई हाम्रो परिचय दिएर उनकै पछि लाग्यौं । सुरुमै यसपालिको हाम्रो विदेश यात्रा विगतको भन्दा केही विशेष हुनेछ भनेर मैले छनक पाईसकेकी थिएँ । रातीको समय, अनिन्द्रा, थकाई, नयाँ ठाउँ, अपरिचित व्यक्तिसँगको यात्रा मनमा कता कता डर पनि लागिरहेको थियो ।

यसले कतै गलत ठाउँमा पो लग्छ कि, काठमाडौँको कोरोना महामारीबाट सृजित उकुसमुकुसलाई छाडेर तरुणी छोरीहरुलाई साथी बनाएर दुबई घुम्न हिँडेकी म, हामी सबैजना कतै गडबड्को सिकार पो हुन्छौँ कि भन्ने त्रासले मनमनै बेस्सरी डराएकी थिएँ । ‘बनको बाघले भन्दा मनको बाघले’ सताइएकी मैले छोरीहरुलाई केही भन्ने आँट पनि गर्न सकेको थिइन ।

यस्तै डर र नयाँ ठाउँ हेर्ने केही रहरका बिचमा हामी तीनजनालाई यी अपरिचित व्यक्तिले गाडीमा राखेर हामीले काठमाडौँबाट नै बुक गरेको होटलको काउन्टरमा छोडेर आप्mनो बाटो लागे ।

नेपाल छोडेको दोस्रो दिन अर्थात १२ जनवरी, २०२२, हामी तीनजना आफ्नो कोठामा गएर आराम ग¥यौ । होटल ब्यवस्थापकले बिहानको खाजा हामी बसेको कोठामै पठाईदिए । तत्कालै हाम्रो मोबाइलमा कोरोना परिक्षणकोे रिपोर्ट ‘नेगेटिभ’ आएको खबर आयो । कतै ‘पोजिटिभ’ पो आउँछ कि भनेर हामी तीनैजनाको आतङ्कित मन अब खुशीले प्रफुल्लित भयो ।

दुबई घुम्न आएको यो मन कोठामा बस्न किन मान्थ्यो र तत्कालै होटलबाट बाहिर निस्किईहाल्यौँ । केही समयको पैदल घुमघामपछि मेट्रो रेलको टिकट लिएर केही परको सुपरमार्केट घुमेर होटलमा फर्कियौं । तीन बजे हामीलाई सहर घुमाउनको लागि यात्रा ब्यवस्थापक लिन आउने कुरा थियो । अचम्म, तीनबजे अगावै हामीलाई लिन गाडी आइपुगिहाल्यो । दुबई घुमाइको यो साँझ हामी क्र्रुजको यात्रामा बफे खाना र यहाँको स्थानीय नाचको रमाइलो हेरेर कोठामा आईपुग्दा रातीको ११ः३० बजी सकेको थियो

यात्राको तेस्रो दिन बिहान दश बजे आयोजकहरुले ‘सिटी टुर’को ब्यवस्था गरेका थिए । हामीलाई सहर देखाउने पथ प्रदर्शकले एकदम रोचक तरिकाले यो दुबई हो र यहाँका नागरिकहरु कोही पनि सुपरमार्केट, पेट्रोल पम्प, ड्राईवर आदिजस्ता काम गर्दैनन् भन्दै थिए । दुबईबासीहरु केवल सरकारी जागिरमात्र खान्छन् भन्दै यस ठाउँको वर्णन गर्दैथिए । यहाँका नागरिक यदि कसैको आफ्नो घर छैन भने सरकारले उनीलाई घर उपलब्ध गराउँछ रे । गाडीको नम्वर यदि एक अङ्कवाला छ भने त्यसमा सबै उच्चस्तरको नागरिक मात्र यात्रा गर्दा रहेछन्, त्यसपछिका नागरिक दुई अङ्क, तीन अङ्क

गर्दै क्रमशः हामीले चढेको गाडी त पाँच अङ्कको रहेछ । रातो बत्ती बलेर पर्खिएको वेला हामीले चढेको गाडीको अगाडिको भ्यानमा एउटा स्टिकर टाँसिएको देखियो । त्यसमा अंगे्रजी भाषामा “के मैले गाडी सुरक्षित चलाएको छु ? यदि छैन भने कृपया यो ……….नं. मा फोन गर्नुहोला” भनेर लेखिएको रहेछ । यो देखेर गाडीमा यात्रा गरिरहेका हामी सबैजना अचम्भित भयौँ ।

कतै बाटो काट्नपरेमा सडक बत्ती नभएको ठाउँमा मानिस उभिएको देख्ने बित्तिकै चालकले गाडी रोकी हाल्ने, पैदलयात्रीलाई पठाएर मात्र गाडी अघि बढाएको देख्दा हाम्रो देशमा जेब्राक्रसिङ्गमा समेत पैदल यात्रीलाई ढुक्कसँग हिँड्न मुस्कील हुनेगरेकोे याद आयो । कतिजना पैदल यात्रीले त यस्तै दुर्घटनाकै कारण अकालमै बिच बाटोमा मृत्युवरण गर्नपरेको, कतिजना अपाङ्ग हुनुपरेकोे समाचारहरु काठमाडौँमा छ्यासछ्यास्ती सुन्नु र देख्नु पर्दछ । म आफै कतिपटक यस्तै दुर्घटनाको सिकार झण्डैले हुनुपरेको सम्झँदा शरीर नै काँपेर आउँछ ।

बिडम्वना, गाडी फर्काएर आएर आपूmले बनाएको घाइतेलाई बिच बाटोमै मारेर जाने घटना समेतका खबरहरु सुन्नमा हामी नेपालीहरु अभ्यस्त हुन थालिसकेका छौं । सडकमा पैदल हिँडेको यात्रीको गाडी दुर्घटनामा परी मृत्यु भएको अवस्थामा उसका परिवारलाई केही रकम दिए पुग्ने रे तर उक्त व्यक्ति नमरेर यदि घाइते मात्र भइदिएको अवस्थामा उसको जिन्दगीभर औषधी उपचारको भार बोक्नुपर्ने भएकाले गाडी चालकले मारिदिनु नै उचित ठान्ने जस्तो परिपाटी भएको हाम्रो देशमा मानव जीवनको मूल्यको विषयमा के भन्नु र खै ?

चाहे बिहान बेलुका होस् वा दिउँसो, दुबई सहरमा मेट्रो रेल चढ्दा प्रौढ महिला भएका कारणले मैले कहिल्यैै उभिनु परेन । जस्तै भिड भएपनि मलाई सीटमा बसेका युवाले बिना कुनै आनाकानी आपूm बसेको सिट छोडिदिन्थे । हामीलाई घुमाउन हिँडेका व्यक्तिले एक दिन “यो यहाँका जनताहरु बस्ने बस्ती हो, यहाँको घरहरु देख्नुभयो सबै एकै रङ्गका र बराबर उचाईका छन्” भन्दै साँच्चीकैको एउटा सुन्दर बस्ती देखाए ।

त्यस बस्तीमा एउटाको घर अग्लो अर्काको घर होचोे थिएन किन कि एउटाको घरलाई अर्काको घरले हावा घाम छेक्न पाउँदैन रहेछ यहाँको नियमले । त्यसैले बस्तीका सबै घर बराबर उचाइका रहेछन् । मनले तुरुन्त आफ्नो देश ल्याईपु¥यायो जहाँ अग्लो घर बनाउन एक अर्का बिच अस्वस्थ प्रतिस्पर्धा हुनेगर्दछ । अग्ला घर भएकाहरुले होचा घर भएकाहरुकोे चियोचर्चो मात्र हैन हेप्ने समेत गर्दछन् भने होचा घरहुनेहरुले अग्ला घर हुनेहरुलाई शत्रुको व्यवहार गर्नेगर्दछन् ।

हाम्रा पथप्रदर्शक त्यही दुबईमा जन्मिएको एकजना भारतिय नागरिक रहेछन् । त्यहीँ जन्मेको ब्यक्तिले वा त्यहाँको स्थानीय केटीसँग बिबाह गर्दा पनि नागरिक बन्ने सम्भावना छैन रहेछ संयुक्त अरव इमिरेट्समा । यसका कारण जनसंख्या व्यवस्थापनमा सहज भएको छ रे यस देशमा । उनको यस भनाइले फेरि यता आफ्नो देश सम्झीन बाध्य बनायो, जहाँ पैँसा र राजनीतिका आधारमा मोलतोलमा नागरिकताको प्रमाणपत्र बाँडिन्छ । यी पथप्रदर्शकका अनुसार, यो देशका नागरिकलाई सरकारले धेरै राम्रो गरेको छ रे ।

सरकारको राम्रो नीति नियमका कारण देशले पनि धेरै छिटो विकास गरेको छ भन्दै थिए । शान्ति सुरक्षाको हकमा यस देशमा ‘कसैले कतै नबिराउनु, कसैबाट नडराउनु’ भन्ने उखान लागु हुने रहेछ । यदि कसैबाट कतै केही असंंबैधानिक काम भइहाल्यो भने निश्चित रुपमा राज्यबाट कडा भन्दा कडा सजायको भागेदार हुनुपर्ने व्यवस्था पनि रहेछ ।

दुबईमा महिलाहरु सुरक्षित हुने भएकाले मन लागेमा निश्चिन्त भएर रातीभर आरामसँग सडकमा घुम्न सकिदोरहेछ । काँही कतैबाट समस्या हुँदो रहेनछ भन्ने प्रत्यक्ष अनुभूति भयो हामी तीनैजनालाई । यिनको यस भनाइले पनि मनमनै आत्तिएका हामी तीनजनालाई अझै सहज महसुस भयो । यहाँको सरकारले आपूmले बनाएको नियम कानुनको पालना कडाईकासाथ पालना गराउँदोरहेछ ।

होटलमा खानेकुरा खाँदा खानामा यउटा रांै मात्र परेको देखियो र ग्राहकले उजुरी गरेको अवस्थामा त्यो होटलको लाईसेन्स नै खारेज हुने ब्यपस्था रहेछ । पथप्रदर्शकको यी भनाइहरुले पनि हामीलाई हाम्रो आफ्नो देश सम्झाउँथ्यो र हामीलाई नै घुमाउरो पाराले जिस्क्याएको जस्तो लाग्दथ्यो । हामीले यस्तो देश कहिले पाउने ? कसरी पाउने ? कसरी बनाउने ? कसले बनाउने ? कहिले बन्ने ?

यस्तै यस्तै अनगिन्ती अनुत्तरित प्रश्नहरुले मेरो मनलाई एक पटक दुई पटक मात्र हैन दिनभर कैयौं पटक उद्वेलित बनाए । यस्तै अन्यौलताका बिच हामी तीनजना कतिखेर दुबई मलको अगाडि आइपुगेछौं पत्तै भएन । यी व्यक्तिले हिन्दी भाषामा “अव तपाईहरु मल हेर्नुहोस्, त्यसपछि बुर्ज खलिफा चढ्ने र साँझ वाटर डान्स हेर्नुहोला, अहिलेलाई म बिदा हुन्छु” भन्दै आप्mनो बाटो लाग्न थालेपछि पो म झस्याङ्ग भएँ । बेलुका होटलको ओछ्यानमा धेरै अबेरसम्म निद्रा परेन र मनले दिउँसो उठेका यस्तै अनेकौं अनुत्तरित प्रश्नहरुको उत्तर खोजीरह्यो ।

दुबई भ्रमणको आज चौथो दिन भ्रमण आयोजकले हामीलाई कतै घुमाउन लैजाने कार्यक्रम बनाएका थिएनन् । त्यसैले हामीले Guinness World Records अर्थात गिनीज बुकमा लेखिएको ६४ किलोको सुनको एउटै आँैठी भएको स्थान हेर्न Sahara Centre, Sharjah , क्जबचवबज पुग्यांै । त्यहाँ राखिएको त्यो अजङ्गको औँठी (चित्र ४) हेर्ने काम सकाएर बजार घुम्दै त्यसै बजारको केही पछाडि अवस्थित न्चबलम क्यगत्र म्भष्चब भन्ने ठाउँमा पुगेछौं हामी तीनजना । यहाँ पसले र उनका जागिरेहरु बाटोमा हिँडिरहेका बटुवाहरुलाई आफ्नो पसलमा सामान किन्नकालागि बोलाएर हैरान पार्दा रहेछन् । यो ठाउँ दुबईको अन्य ठाउँहरुभन्दा एकदमै फरक र आश्चर्यजनक लाग्यो ।

साँझतिर त्यहाँबाट डुङ्गा चडेर मीना बजारमा आयांै । यता उता हेर्दा, सामान किन्दा रातीको दश बजेको पत्तो नै भएन । यहाँपनि हामीले
कत्तिपनि असुरक्षित वा असजिलो वातावरणको अनुभूति नभएका कारण समय बितेको थाहा नै पाएनौ ।दुबई घुम्न आएको पाँचौँे दिन, आज पनि दिनको दुईबजेसम्म हाम्रो खास कुनै कार्यक्रम नभएकोले होटेलमा बिहानको खाजा खाएर दिउसो होटल फर्कने गरेर हामी बजारतिर हुँदै समुन्द्री किनारतिर घुम्न हिँड्यौंै

दिउँसोको दुईबजे हामीलाई सहारा मरुभूमिमा म्भकभचत क्बाबचष्, द्यबचदभत्रगभ म्ष्ललभच को लागि लिन गाडी आईपुग्यो । बाटो लामो अर्थात गन्तब्यस्थलसम्म पुग्न डेढ दुई घण्टा लाग्ने भएकोले चालकले यस समयमा हामीलाई त्यहाँको बस्तुस्थितिबारे बुझाउने भरपुर प्रयास गरे । यही क्रममा उनले हामीलाई दुबईमा काँहीकतै प्रहरी देख्यौं कि देखेनौं भनेर सोधे ।

तीनैजना एकछिन घोत्लिदै एक अर्काको मुख हेराहेर ग¥यौं । हामी घुमेका ठाउँहरुमा काँही कतै प्रहरीहरु नदेखेको भन्दै आश्चर्य मान्दै यसो हुनुको कारणबारे मैले उनैलाई प्रतिप्रश्न गरे । बल्ल थाहा भयो यहाँका प्रहरीहरु सबै आफ्नो पोशाकमा हँुदा रहेनछन्, तर सर्बसाधारण जस्तै पोशाकमा भएका यी प्रहरीहरुले कतै कसैले छिसिक्क गल्ती गर्ने बित्तिकै समातिहाल्छन् र बच्ने सम्भावना नै हँुदैन रहेछ । सम्भवतः यही भएर नै होला सबै सँधै सजग रहने, देशको नियम कानुनको गम्भीर रुपमा पालना सबैले गर्ने गरेका, शान्ति र अमनचयन भएको, शुरक्षित पर्यटनस्थलका रुपमा संसारभर परिचित भएको दुबई ।

दुबईको प्रमुख आयश्रोत तेल हुनुपर्छ भन्ने अन्दाज गर्ने हामीजस्ताहरुलाई पर्यटन व्यवसाय त्यहाँको प्रमुख हो भन्ने सुन्दा अचम्म लाग्नु स्वाभाविक नै हो । त्यो रात पनि मरुभूमिको रमाइलो अनुभव सँगाल्दै हामीलाई होटल पुग्दा रातीको एघार भन्दा बढी बजीसकेको थियो

भोलिपल्टको दिन हामी आफैले सहर घुम्ने कार्यक्रम राखेका थियौं । हामीलाई पनि बाँकी समयको जतिसक्दो भरपुर उपयोग गर्नु थियो । दिनभरि गगनचुम्बी घर र पार्कहरु हेर्दै बित्यो । त्यो दिन हाम्रो ग्लोबल भिलेज जाने कार्यक्रम थियो । चार बजे खुल्ने त्यो ठाउँ जानकोलागि लिएको ट्याक्सी चालक पाकिस्तानी नागरिक रहेछन् । उनी यहाँ बीस बर्षदेखि काम गर्दै आएका रहेछन् ।

राती होटलमा फर्कन हामीहरुलाई अबेर हुने भएकोले यिनै चालकलाई हामीसँगै घुम्ने र साँझ हामीलाई लिएर फर्कने कुराको टुङ्गो लगाएर उनको पनि टिकट किनेर ग्लोबल भिलेजभित्र प्रवेश ग¥यौं । सबै देशले आआप्mनो कला र संस्कृति झल्कने गरेर आफ्ना स्टलहरु बनाएका रहेछन् र भित्र त्यो देशको उत्पादन बिक्रीमा राखिएको रहेछ ।

बिजुलीको झिलिमिली, नाच गान आदि रमाईलो हेर्दा हेर्दै कतिखेर रातीको एक बज्यो पत्तै पाईएन । अझ छोरी ऋचाले त त्यहाँका इस्लाम महिलाहरुले लगाउने जस्तो कालो लामो लुगा (बुर्का) लगाएर घुम्दा हामीलाई देख्ने कतिपय मानिसहरु हामी स्वदेशी कि बिदेशी भनेर अलमल परेको जस्तो देखिन्थे । यात्राको आज अन्तिम दिनको बिहान कोरोना परिक्षणको नेगेटिभ रिपोर्ट आआफ्नो हातमा लिएर हामी नेपाल फर्कियौ । छोरी ऋचा पनि आफ्नो कर्मस्थल बेलायततर्फ लागिन् ।

यो भन्दा पहिले, म मेरो श्रीमान्सँग २०१६ को डिसेम्वरमा दुबई पुगेकी थिएँ । यस पटक मेरै नेतृत्वमा अर्थात हाम्रो टिमको जेठोबाठो म नै भएकोले अलि बढी जिम्मेवारीको अनुभूति भएको थियो । यसैले पनि म अलि सजक थिएँ । जान्ने बुभ्mने भएदेखि आजसम्म प्राय उमेरले चालिस वर्ष माथिका हाम्रा समाजका धेरै पुरुषहरुबाट असजिलो ब्यवहार महसुस् गरेकी छु ।

म जस्तै मैले चिनेजानेका थुप्रै महिला साथीहरुले मैले जस्तै अनुभूति गरेको सुनेकी छु, देखेकी छु, पढेकी छु । दुव्र्यवहार भन्ने कुरा सधैँ अरुले देखेको हुन्छ भन्ने हुँदैन । यो अरुले देखेभन्दा बढी भोग्नेले महसुस गर्ने कुरा हो ।

बिदेशमा सुरक्षित हुने तर आफ्नै देशमा हामी महिलाहरु चाहे गाउँमा होस् वा सहरमा सँधै पुरुषहरुबाट उत्पीडित हुने, असुरक्षित हुने, डराई डराई विद्यालय जानपर्ने, डराई डराई कार्यालयमा जानुपर्ने, डराई डराइ यात्रा गनुृपर्ने डराई डराइ आफ्नै समाजमा बाँच्नु पर्ने वाध्यता, के महिला भएर जन्मनु हाम्रो देशमा एउटा अभिशाप हो त ?

त्यो करिब सातदिनको बसार्ईमा कतैबाट पनि पुरुषबाट अस्वभाबिक ब्यवहारको महशुस् नहुनुलाई हामी महिलाले कसरी लिने र कसरी बुझ्ने यसको जबाफ खोज्न कहाँ जाने ? आफ्नै देशमा, आप्mनै घर आँगनमा असुरक्षित हुनु पर्ने दिनको अन्तको विषयमा गम्भीर हुनुपर्ने हाम्रो घर परिवार, समाज र राज्यको दायित्व हैन र ?

अन्तमा म आफैले त्यो हप्ता जिन्दगीमा पहिलो पटक महिला भएर बिना कुनै डर त्रास छोरीहरुसँग स्वतन्त्ररुपमा हिँडडुल गर्दा स्वतन्त्रताको अनुभुति गर्न पाएँ । यसपटकको यो यात्रा सफल र सुखद् बनाउन सहयोग गर्ने स्काइपार्क होलीडेज्लाई मूरी मूरी धन्यबाद् । सुरक्षित, आर्थिक रुपमा सम्पन्न र शान्तिपूर्ण देश बनाउन सफल दुबई सरकारलाई धेरै धेरै बधाई ।

                                                                                                                                                  [email protected]

प्रतिकृया दिनुहोस्