RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/३/१२ गते
८९३ पटक

काठमाडौं । मनसुनी वायु सक्रिय भएसँगै वर्षा हुने क्रम बढेको छ । आज राति कास्कीको लुम्ले र जुमलेटी क्षेत्रमा अतिभारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार उक्त क्षेत्रमा पछिल्लो ६ घन्टामा अति भारी वर्षामापन भएको छ ।

आसपासका साना खोलामा आकस्मिक बाढी आउन सक्ने चेतावनी दिइएको छ भने कमजोर तथा भिरालो जमीनमा पहिरो जान सक्ने भएकाले बिहान ९ बजे सम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरका पहाडी क्षेत्रका धेरै स्थानमा वर्षाको सम्भावना छ । सुदूरपश्चिम बाहेकका प्रदेशका केही क्षेत्रमा भारी वर्षाको पनि आकलन गरिएको छ ।

प्रतिकृया दिनुहोस्