RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/३/१४ गते
४७४ पटक

काठमाडौँ । सशस्त्र प्रहरीका ३७ जना डिएसपीलाई सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्ने निर्णय गरिएको छ ।गृह–सचिव टेकनारायण पाण्डेले बढुवा समितिको सिफारिस अनुसार बढुवा, नियुक्ति गर्ने निर्णय गरेका हुन् ।

एसपी पदमा बढुवा हुनेहरूमा टोपबहादुर डाँगी, हस्त बहादुर गुरुङ, तुल बहादुर भण्डारी, सुमन थपलिया, जीवन केसी, धिरेन्द्र राज न्यौपाने, देव राज अर्याल, दिनेश मल्ल र उद्धव बहादुर रावल सहित ३७ जना छन् ।

प्रतिकृया दिनुहोस्