RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/३/२७ गते
८९१ पटक

काठमाडौं: आज राति सुदूरपश्चिम  तथा तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज राति प्रदेश १, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

दिउँसोको समयमा भने देशभर आंशिकदेखि सामान्य बदली रहने विभागको अनुमान छ। देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। बाग्मती तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्