RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/३/३२ गते
५७५ पटक

काठमाडौँ — विश्व बैंकले नेपालका लागि थप १०० मिलियन डलर अर्थात साढे १२ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकले नेपालको हरियाली, जलवायु परिवर्तनबाट वातावरणमा पर्न सक्ने असर न्यूनीकरण र समावेशी विकासका प्रमुख सुधारका लागि भन्दै सो ऋण रकम स्वीकृत गरेको हो ।

विश्व बैंक कार्यकारी निर्देशक बोर्डले १०० मिलियन डलरको विकास नीति ऋण (डीपीसी) स्वीकृत गरेको जानकारी गराएको छ । ‘कोभिड १९ महामारीको अवस्थामा विश्व बैंकले हरियाली, थप समावेशी र लचिलो विकास नीतिलाई अगाडि बढाउन नेपालमा आफ्नो कार्यक्रमलाई केन्द्रित गरेको छ’ विश्व बैंकका लागि माल्दिभ्स, नेपाल र श्रीलंका मामिला निर्देशक फारिस हदाद जेर्भोसले भने । यस परियोजनामार्फत पानी, भूमि प्रयोग, कृषि, वन, शहर प्रदुषणजस्ताा क्षेत्रहरूमा सरकारको नीतिलाई समर्थन गर्ने उनले बताए ।

 

प्रतिकृया दिनुहोस्