RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/४/२० गते
४७० पटक

सरकारले मंसिर ४ का लागि निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ ।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन आजैदेखि स्थगित हुने छ ।

अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति २०७९ साउन २१ गतेसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्