RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/४/२३ गते
२४९ पटक

काठमाडौँ — आगामी मंसिरमा हुने प्रतिनिधिसभा र राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पाऊँ भन्दै विभिन्न ६ वटा राजनीतिक दलहरूले निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

आइतबार नेपाल जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली, पुनर्जागरण र जनता प्रगतिशील पार्टी दर्ताका लागि आयोगको कार्यालयमा निवेदन दिएका हुन् ।

सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन घोषणा गरेको छ । यसका लागि दल दर्ताको समयावधि साउन ३१ गतेसम्म छुट्याइएको छ ।

आयोगका अधिकारीहरूका अनुसार आइतबार दर्ता भएका दलहरूबारे अनुसन्धान गरी प्रक्रिया अगाडि बढाइने छ ।

 

प्रतिकृया दिनुहोस्