RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/४/२३ गते
६८० पटक

काठमाण्डौँ । सत्तारुढ गठबन्धनको सिट संख्या बाँडफाँटका लागि बनेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका कृष्ण सिटौला चयन भएका छन्।

सोमबार दिउँसो बसेको ११ सदस्यीय कार्यदलको बैठकले सिटौलालाई संयोजक चयन गर्दै सबै पार्टीमा छलफल गरेर आगामी बैठकमा आआफ्ना दाबी पेस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए।

बैठकमा स्थानीय तहमा जस्तो कहीँ गठबन्धन त कहीँ नगरी सबैतिर एकसाथ गठबन्धनअनुसार नै जाने सहमति बनेको ती नेताले बताए।बैठकमा सहभागी अर्का एक नेताका अनुसार गठबन्धनका पाँचै दल सिटसंख्याको विषयमा लचक हुने समझदारी बनेको छ।

प्रतिकृया दिनुहोस्