RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/४/२८ गते
३२२ पटक

काठमाडौँ । सरकारले ४ जना प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिव बनाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा कार्यरत १२ औँ तहका ४ जना प्रमुख विशेषज्ञलाई अतिरिक्त स्वास्थ्य सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य सेवातर्फका प्रमुख विशेषज्ञ दिपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी, डा. संगिता कौशल मिश्र र डा. श्यामसुन्दर यादवलाई अतिरिक्त स्वास्थ्य सचिवको जिम्मेवारी दिने निर्णय भएको हो । यसअघि प्रमुख विशेषज्ञ भनिँदै आएकोमा उनीहरूलाई अब अतिरिक्त स्वास्थ्य सचिवको जिम्मेवारी दिने निर्णय गरिएको हो ।

प्रतिकृया दिनुहोस्