RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/५/१ गते
८१५ पटक

काठमाडौं : सरकारले कर्मचारीको नयाँ तलबमान र ग्रेड सार्वजनिक गरेको छ। साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुनेगरी आर्थिक वर्ष २०७९/०८० को नयाँ तलबमान र ग्रेड स्वीकृत गरेको थियो। सरकारले बजेट भाषण गर्दा  १५ प्रतिशतले तलब वृद्धि गर्ने निर्णय गरेको थियो।

अर्थ मन्त्रालयका शाखा अधिकृत चन्द्र दहालका अनुसार सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि २०७९ साउन १ गते देखि लागु हुने गरी नयाँ तलवमान एवं ग्रेड कायम भएको छ।

प्रतिकृया दिनुहोस्