RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/५/२ गते
३१९ पटक

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ।बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्न लागेको हो।

आजको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ । यसअघि बुधबार बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुङ्ग्याउने निर्णय गरेको थियो ।

साथै बैठकमा आसन्न निर्वाचनको रणनीति, आजै प्रतिनिधिसभामा अघि बढ्न लागेको नागरिकता विधेयक र सत्ता गठबन्धनमा सिट बाँडफाँटलाई लिएर देखिएको समस्याका बारेमा पनि छलफल हुनेछ ।

प्रतिकृया दिनुहोस्