RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/५/१९ गते
३०२ पटक

जिल्ला सदरमुकाम मान्म नजिकैको सुनारखोला सडक खण्ड सुधार नहुँदा यात्रुहरुले निरन्तर सास्ती झेल्दै आउनु परेको छ। कर्णाली राजमार्गको सुर्खेत,जुम्ला खण्ड अन्तर्गत पर्ने जिल्ला सदरमुकाम नजिकैको सुनारखोलाले सडक सञ्चालनमा आए यता लाखौं यात्रुलाई दुख्ख दिइसकेको हो। दिउँसो १ बजेदेखि अबरुद्ध सडक ६ बजेसम्म पनि नखुलेको कारण आकस्मिक कामको लागि जुम्ला पुग्नुपर्नेमा दिनभर सुनारखोलामै थन्किनु परेको शिक्षक बखतबहादुर शाहीले पीडा सुनाए।

स्थानीय तहहरु राजमार्ग बनाउने काम सडक बिभागको हो भन्दै पन्छिने र सडक बिभागले सानातिना खाल्डाखुल्डी पुर्ने बाहेक कठिन खण्डमा ध्यान नदिएको कारण यात्रुहरुले बर्सेनि दुख्ख पाउनु परेको एकीकृत समाजवादी कालिकोटका उपसचिव डबल बोगटीको भनाइ छ।

सुनारखोलामा यात्रुहरुले एकपटक मात्रै नभएर पटकपटक दुख्ख पाउनु परिरहेको उनको भनाइ छ। सुनारखोला खण्डको कारणले कालिकोट मात्रै नभएर रारा यात्राको समयमा यात्रुहरुबाट कर्णाली प्रदेशकै नेतृत्वले गाली खानु परिरहेको कर्णाली क्षेत्र पर्यटन प्रबर्द्धन विकास समितिका सदस्य मर्मजंग वमको भनाइ छ। दैनिक दुख दिने सुनार खोलाको सडक मर्मत हुन सकेको छन्।

www.nagariknews.com

प्रतिकृया दिनुहोस्