RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/५/२१ गते
३३८ पटक

सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।  हिजो बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि आज पुनः बैठक बस्दै छ । आजको बैठकले सिट बाँडफाँट टुंगो लगाउने र प्रतिवेदन शीर्ष नेताहरुलाई बुझाउने कार्यदलको तयारी छ ।

सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार हिजोको बैठकमा १६५ वटै निर्वाचन क्षेत्रमा दलहरूको अवस्थाबारे छलफल भएको थियो ।

संघ र प्रदेशको खाकासहित सिट संख्यामा सहमति जुटाएर आजै प्रतिवेदन तयार पारिने प्रवक्ता कार्कीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्