RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/६/१३ गते
२८४ पटक

हाल मनसुनको न्यून चापीय रेखाको  सामान्य प्रभाव रहेको छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहेको छ। प्रदेश १, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भईरहेको छ।

आज दिउँसो  देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य  बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली  रहनेछ। प्रदेश १, मधेश र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै  राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य  बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिकृया दिनुहोस्