RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७९/७/१९ गते
५०२ पटक

काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले जनमत पाए देशमा लुटतन्त्र मच्चिने र देश कंगाल हुने बताएका छन् । काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले गठबन्धनसँग मिसन र भिजन नभएको बताए ।

ओलीले भने, ‘दिशाहिन सरकार बनार देशलाई बर्बाद पार्ने कि भिजनसहितको ठोस गन्तव्य र गन्तव्यमा पुग्ने मार्गचित्र भएको पार्टीलाई जिताउने ?’

परमादेशबाट प्रधानमन्त्री नियुक्ती गर्नु संविधान संशोधन जस्तो काम भएको बताए । ओलीले अनाधिकृत, असंसदीय सरकारले देशलाई कंगाल बनाइसकेको बताए ।

ओलीले भने, ‘देशमा ५० औँ अर्व घाटा छ । निर्वाचनमा पैंसा बाड्ने काम भयो ।’ नेपाली जनताका ओइलाएका सपनाहरुलाई आफ्नो पार्टीले पुर्नजागरित गरेको बताए ।

ओलीले भने,‘स्वार्थले बनेको कठपुतली सरकार हो । स्वभिमान नभएको कठपुतली सरकार हो यो । यो अहिलेको गठबन्धन रियल्ली डेड हो । तर, यो क–कसले पम्पिङ गरिरहेको छ । ६ तिर मुख फर्किएको छ । चिउँडोले चपाइराखेका छन् । खन्चुवा, नीति, थीतिहिन गठबन्धन हो । दे ह्याभ अलरेडी डेथ ।’

गठबन्धनले जनमत पाए लुटतन्त्र मच्चीने र देश कंगाल हुने बताए । उनले जहाँ नेपाली त्यहाँ एमाले रहेको बताए । ओलीले भने,‘नेकपा एमाले एकातीर, अर्को तीर सय भाइ कौरव । ४ गतेको कुरु क्षेत्रमा स्वाहा हुन्छन् ।’ गठबन्धनसँग नीतिनै नरहेको बताए ।

प्रतिकृया दिनुहोस्