RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१ गते
७४८ पटक

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोकथामका लागि राष्ट्रिय आपतकाल घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा  राष्ट्रिय आपतकाल घोषणा गरिएको जानकारी दिएका हुन्। तर, आपतकाल कति दिनसम्म लागू हुने भन्ने बारे भने केही खुलाइएको छैन।

संकटकाल घोषणासँगै अमेरिकी सरकार अब विपतको राहतका लागि ५० अर्ब डलर खर्च गर्न सक्ने छ।  साथै केन्द्र सरकारले अब अलग–अलग राज्य सरकार तथा प्रशासनसँग समन्वय गरेर अझै राम्रो काम गर्न सक्नेछ। पत्रकार सम्मेलनमा ट्रम्पले व्यक्तिगत सरसफाइमा ध्यान दिन सबै अमेरिकी नागरिकहरुलाई आग्रह गरे।

अनावश्यक रुपमा घर बाहिर ननिस्किन र जमघट नगर्न पनि उनले सुझाव दिए। अमेरिकाले यसअघि युरोपेली देशबाट आउने–जाने सबै यात्रुवाहक जहाज एक महिनासम्मका लागि बन्द गरेको छ। विश्व स्वास्थ्य संगठनले यसअघि कोरोना भाइरसको संक्रमणलाई ‘महामारी’ घोषणा गरेको थियो। नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्