RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१ गते
६०६ पटक

ताप्लेजुङ-सरकारद्धारा आव २०७५-७६ मा घोषित १ सय पर्यटकीय गन्तव्यका लागि दोस्रो किस्ताबापत दिइने रकमका लागि शुक्रबार (फागुन ३० गते) सम्मको समय सुविधा दिइएको छ ।

पर्यटकीय गन्तव्य क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणका लागि छनोट भएका पर्यटकीय गन्तव्यअन्तर्गतका स्थानिय तहले माग फारम बुझाउनुपर्ने म्याद दिएको हो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रथम किस्ताबापत गत भदौ २४ गतेको निर्णयबमोजिम सम्बन्धित स्थानीय तहमा पुस २५ गते मार्गदर्शनसहित बजेट उपलब्ध गराएको थियो ।

सम्बन्धित स्थानीय तहले प्रथम किस्ताबापत प्राप्त बजेटको काम सम्पन्न गरि दोस्रो किस्ताका लागि रकम माग गर्न मन्त्रालयले माघ २६ गते सूचना प्रकाशित गरी रकम मागका लागि निवेदन आह्वान गरेको मन्त्रालयअन्तर्गत प्रशासन तथा योजना महाशाखाका शाखा अधिकृत जयराम उप्रेतीद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ ।

प्रथम किस्तावापत प्राप्त बजेट कतिपय स्थानीय तहले तोकिएको क्षेत्रमा काम गर्न चुकेका छन् । काम गरेका स्थानीय तहले दोस्रो किस्ताका लागि आवश्यक कागजातसहित सम्बन्धित मन्त्रालयमा पेस गरेका छन् ।

जिल्लाको फक्ताङलुङ गाउँपालिकास्थित कञ्चनजंघा बेसक्याम्पका लागि प्रथम किस्ता वापत ४० लाख उपलब्ध भएको थियो । उक्त रकमको काम जारी रहेको र दोस्रो किस्ताका लागि रकम माग गरिएको गाउँपालिका अध्यक्ष सरोज एभेङले जानकारी दिए ।

दोस्रो किस्ताका लागि ४० लाख रुपैयाँ माग गरिएको छ । अध्यक्ष एभेङले भने, “३-४ ठाउँमा पैदल मार्ग बनायांै । सबै काम चैतसम्ममा सम्पन्न गर्छौ ।” कात्तिकदेखि फागुनसम्म हिउँ पर्ने भएकाले बेसक्याम्प क्षेत्रमा काम गर्न ढिलाइ भएको हो । हिउँदयाममा जाडो र हिउँको समस्या तथा स्थानीयवासी जाडो छल्न बेसी झर्ने भएकाले काम गर्न समस्या भएको हो ।कारोबार दैनिकबाट …

प्रतिकृया दिनुहोस्