RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१ गते
६३१ पटक

काठमाडौं, फागुन ३० गते । मिर्गौला प्रत्यारोपणका लागि शिक्षण अस्पताल भर्ना हुनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज साँझ डिस्चार्ज हुनुभएको छ ।

त्रिवि शिक्षण अस्पतालमा १२ दिन अघि उहाँ मिर्गौला प्रत्यारोपणका लागि भर्ना हुनुभएको थियो । उहाँलाई भान्जी सदीक्षा संग्रौलाले मिर्गौला दान गर्नुभएको थियो । १२ वर्ष अघि पप्रधानमन्त्रीको पहिलाे पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्रीको डिस्चार्ज पछि त्रिवि शिक्षण अस्पतालद्वारा जारी विज्ञप्तिमा उहाँ नियमित फलोअपमा आउनु पर्ने र नियमित रुपमा चिकित्सकको निगरानीमा रहनु हुने उल्लेख छ । त्यस्तै केही समय पछि उहाँले आवश्यक सर्तकताका साथ आफ्ना नियमित आवश्यक सबै कार्यहरु गर्न सक्नु हुने जनाइएको छ ।गोरखापत्र दैनिक

प्रतिकृया दिनुहोस्