चैत १ । कोरोनाभाइरसको आशंकामा अस्पताल भर्ना गरिएका चार नेपालीको नतिजा नेगेटिभ आएको छ। कतार, मेलेसिया र अमेरिकाबाट नेपाल आएका थिए। कसैमा पनि कोरोना नदेखिएपछि सबैलाई आजै डिस्चार्ज गरेको प्रवक्ता बाँस्तोलाले जानकारी दिनुभयो ।
उनीहरूमा ज्वरो, रुघाखोकीको लक्षण देखिएपछि दुई दिनदेखि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो।
चारजनामध्ये दुई पुरुष र दुई महिला छन्। नेपालमा अहिलेसम्म एक जनामा मात्र कोरोना संक्रमण भेटिएको छ। त्यसयता चार सयभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएकोमा कसैमा पनि कोरोनाको संक्रमण देखिएको छैन।