RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२ गते
५७४ पटक

काठमाडौं – नेपाली कांग्रेसको १३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका तीनैजना १४औं महाधिवेशनको तयारीमा आइपुग्दा निकटबाटै अप्ठेरोमा परेका छन्। शेरबहादुर देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पुनः सभापतिको प्रत्यासी बन्ने रणनीतिका साथ अघि बढिरहेका बेला उनीहरूमाथि निकटबाटै पार्टी नेतृत्व अरुलाई हस्तान्तरण गर्न दबाब बढ्न थालेको हो।

चार वर्षअघि भएको १३औं महाधिवेशनबाट पार्टी नेतृत्वमा पुगेका देउवाले पूर्वप्रतिबद्धता अनुसार संगठन सञ्चालन गर्न नसकेको भन्दै निकटहरू नै असन्तुष्ट छन्। प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पराजयपछिका दिनमा देउवाको छविलाई लिएर पार्टीभित्र र बाहिर प्रश्न उठिरहेको छ। १३औं महाधिवेशनअघि जस्तो पार्टीभित्र र बाहिरको वातावरण देउवा अनुकूल नरहेको भन्दै उनलाई आफ्नै निकटले पुनः सभापतिको प्रत्यासी नबन्न सुझाउन थालेका छन्।

केन्द्रीय सदस्य रमेश रिजालले देउवालाई भेटेर परिस्थिति अनुकूल नभएको बताएको स्रोतको दाबी छ। रिजाल देउवा निकट मानिन्छन्। गत माघ ९ मा भएको राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार छान्न प्रदेश नम्बर २ का केन्द्रीय सदस्यहरूको छलफलका क्रममा रिजालले १३औं महाधिवेशनमा जस्तो अनुकूल अवस्था नभएको भन्दै देउवालाई पुनः उम्मेदवार नबन्न सुझाएको स्रोतको दाबी छ। रिजालले मात्र नभएर निकट अन्य नेताले पनि देउवालाई पुनः प्रत्यासी बन्ने निर्णयमा पुगिनहाल्न सुझाएको स्रोत बताउँछ।नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्