RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/२ गते
६३० पटक

चैत २ ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का राष्ट्र सरकार प्रमुखबीच आज साँझ नेपाली समयअनुसार सवा पाँच बजे भिडिओ कन्फरेन्स हुन लागेको हो ।

प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईका अनुसार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओली उक्त भिडिओ कन्फरेन्समा सहभागी हुनहुनेछ । भिडिओ कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले नेपालमा अहिले कोरोना भाइरसले पारेको प्रभावलगायतका विषयमा धारणा राख्नुहुनेछ ।

सार्क अध्यक्ष राष्ट्रका हैसियतमा प्रधानमन्त्री ओलीले अस्पतालबाटै उहाँको प्रस्तावको स्वागत गर्नुभएको छ। यसले कुनै मुद्दामा दक्षिण एसियाका मुलुकहरू मिलेर जानुपर्छ भन्ने सन्देश दिएको छ ।

प्रतिकृया दिनुहोस्