RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/३ गते
६६६ पटक

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिनुभएको छ। कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले अहिलेसम्म गरेका कामबारे आइतबार राष्ट्रिय सभामा जानकारी दिने क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो।

मन्त्री ढकालले भन्नुभयो– ‘सीडीओ र स्वास्थ्यकर्मीलाई जिल्ला नछाड्न निर्देशन दिइएको छ। अस्पतालमा काम गर्ने जनशक्ति र जोखिम हटाउन आवश्यक पहल गरिएको छ।’

नेपालमा आइतबारसम्म ४ सय ६४ जनामा कोरोना भाइरस परीक्षण गरे पनि एकजनामा पनि पोजेटिभ नदेखिएको उहाँको दाबी थियो।
मन्त्री ढकालले सरकारले भाइरसको संक्रमण हुन नदिन पूर्वतयारीका लागि गर्नुपर्ने कुनै कसर बाँकी नराखेको बताउनुभयो।

उहाँले गत फागुन १८ गते मन्त्रिपरिषद् बैठकले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा आठ मन्त्री रहेको अधिकार सम्पन्न समिति गठन गरेको, काठमाडौंका अस्पतालमा १ सय २० वटा आईसीयू तयार पारेको, काठमाडौंबाहिर १ सय १५ वटा आईसीयू तयारी अवस्थामा राखिएको र १ सय ५५ वटा आइसोलेटेड बेडको व्यवस्था गरिएको जानकारी दिनुभयो। नेपाल समाचारपत्र दैनिकबबाट

प्रतिकृया दिनुहोस्