RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/५ गते
७६३ पटक

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण (कोभिड–१९) को सम्भावित जोखिम कम गर्न काठमाडौं उपत्यकामा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले काठमाडौंका विभिन्न स्थानमा रहेका अस्पतालमा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखिएको जानकारी दिए ।

सरकारले मंगलबार मात्रै काठमाडौं उपत्यकामा १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राख्ने निर्णय गर्दै त्यसको आवश्यक चाँजोपाजो मिलाउने जिम्मेवारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिएको थियो । सरकारको सो निर्णयअनुसार १ हजार आइसोलेसन बेड तयारी अवस्थामा राखिएको सचिव कोइरालाले बताए । सरकारले कोरोनाको सम्भावित जोखिम न्यूनीकरण गर्न उपत्यकामा १२० र उपत्यका बाहिर ११५ आईसीयू बेड स्थापना गर्ने निर्णय गरेको थियो ।

सचिव कोइरालाका अनुसार यदि संक्रमण फैलिहालेको अवस्थामा पहिलो चरणमा बढीमा १ हजार जना सम्म राख्न सक्नेगरी आइसोलेसन बेड बनाइएको छ । ‘यो एकैपटक फैलने होइन, व्यक्तिबाट फैलने दर अत्याधिक हुने भएकाले संक्रमण हुनेलाई आइसोलेसनमा राखेर उपचार गर्न सकिएमा थप संक्रमण हुनबाट बचाउन सकिन्छ, ’कोइरालाले भने ।राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्