RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/५ गते
९११ पटक

काठमाडौँ ।  प्रधानमन्त्री ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुनुअघि १८ फागुनमा बसेको बैठक दुई अध्यक्षबिचको छलफलपछि आज बस्ने भएको हो ।

बैठक बोलाउन प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच मङ्गलवार बालुवाटारमा छलफल भएको थियो। पार्टी एकताका बाँकी काम, उपाध्यक्ष बामदेव गौतमका सन्दर्भमा सचिवालयले गरेको निर्णय र कोरोना भाइरस सङ्क्रमणलगायत विषयमा अधयक्षद्वयबीच छलफल भएको थियो ।

सचिवालय बैठकमा कोरोनाविरुद्ध एक जुट हुन कार्यकर्तालाई निर्देशन दिने, पार्टी एकताका बाँकी काम, उपाध्यक्ष गौतमका सन्दर्भमा आजको सचिवालय बैठक केन्द्रित हुने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्