चितवन, चैत ७ गते । कोरोना भाइरस सङ्क्रमितका लागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल शुक्रबारदेखि सञ्चालन हुँदैछ ।
भरतपुरको प्रदर्शनी स्थलमा निर्माण भइरहेको अस्पतालमा ५० बेडको क्षमतामा शुक्रबारबाटै ओपीडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिनुभयो । ७० बेडको अस्पताल निर्माण गर्ने तयारी रहेको बताउँदै प्रमुख दाहालले भन्नुभयो, “अहिलेलाई ओपीडी सेवा हुनेछ । त्यसपछि आइसोलेसनको व्यवस्था गरिनेछ । ओपीडी सञ्चालनपछि आईसीयू सेवा दिने गरी तयारी तीव्र पारिएको छ ।”
कोरोना नियन्त्रण कार्यदलका प्रवक्ता डाक्टर भोजराज अधिकारीले भन्नुभयो, “प्रदर्शनी केन्द्रका तीनवटै भवन प्रयोग गर्नु परेमा तीन सय बेड क्षमताको अस्पताल निर्माण गर्न सक्नेछौँ ।” अस्पतालमा खटिने स्वास्थ्यकर्मीको व्यवस्था भइसकेको महानगर प्रमुख दाहालले जानकारी दिनुभयो । शुक्रबार १४ जना जनशक्ति अस्पतालमा खटिनेछन् । बिरामीको चाप र आवश्यकताअनुसार जनशक्ति र उपकरणहरू थपिँदै लैजाने उहाँले बताउनुभयो ।
कार्यदलको बैठकले शुक्रबारबाट चितवनमा सञ्चालन हुँदै आएका हाटबजार र केबुलकार पनि बन्द गर्ने निर्णय गरेको कार्यदलका सदस्य नारायण अधिकारीले जानकारी दिनुभयो । गोरखापत्र दैनिकबाट …..
रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/७ गते
१५६ पटक
कालंगा जलविद्युत् आयोजनाको ९० प्रतिशत काम सम्पन्न
बझाङ-निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको सुदूरपश्चिम प्रदेशको कालंगा जलविद्युत् आयोजनाको ९० प्रतिशत निर्माणकार्य सकिएको छ । बझाङको बुङगल नगरपालिकामा निर्माणाधीन...
फागुन १७, २०७७हिम्मत भए विधि र प्रक्रियाबाट आफुलाई हटाउन प्रचण्ड–नेपाललाई प्रधानमन्त्री ओलीको चुनौति
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई विधि र प्रक्रियाबाट हटाउन पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपाललाई चुनौति दिनु भएको छ ।...
फागुन १७, २०७७प्रधानमन्त्री ओली कार्यकर्तालाई उत्साही बनाउन पोखरा जाँदै
काठमाडौं । पछिल्लो समय निकै नै सार्वजनिक कार्यक्रममा सक्रिय रहेका प्रधानमन्त्री केपी शर्मा ओली सोही क्रमलाई निरन्तरता दिन सोमबार पोखरा...
फागुन १७, २०७७गाँउले शहरको रुप लिँदै, सुनदेखि नूनसम्म गाउँमै
लहान,१७ गते । गाँउ गाँउमा सिंहदरबार पुगेपछि यसको असर देखिन थालेको छ । कतिपय गाँउको मुहार फेरिदै शहरको रुप लिन थालेको...
फागुन १७, २०७७