RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/७ गते
७२९ पटक

चैत ७ । बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा भित्रिन नदिन सबै उपाय अबलम्बन गरेको सरकार अव लक डाउनको निश्कर्षतिर पुगेको छ ।

नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री पोखरेलले आज प्रधानमन्त्री ओलीसँग भेट गरी हालसम्मको अवस्थाको बिषयमा जानकारी गराउनु भएको थियो ।

कोरोनाविरुद्धको लडाइमा मुलुकको नेतृत्वको गरिरहनुभएका उपप्रधानमन्त्री पोखरेलले थप निर्णय लिन आजै साँझ उच्चस्तरीय समन्वय समितिको बैठक बोलाउनु भएको हो । उहाँले यसअघि नै आवश्यक परे मुलुक लक डाउनमा जाने संकेत गरिसक्नु भएको छ ।

यसअघि समितिको बुधबारको बैठकले एसईई स्थगनलगायतका महत्वपूर्ण निर्णय लिएको थियो । यसबीचमा संयोजक पोखरेलले विभिन्न मन्त्रालय तथा निकायहरुबाट निर्णय कार्यन्वयनको अनुगमन रिपोर्ट समेत लिइरहनु भएको थियो । विमानस्थल र सबै सीमानाका बन्द गरेर बाहृय आवागमन रोक्न सबैतिरबाट सुझाव आएपछि सरकार पूर्ण रुपमा मुलुकलाई लक डाउन गर्ने दिशामा जान लागेको स्रोतले जनाएको छ ।

उपप्रम पोखरेल यही काममा लाग्नुभएको छ । कोरोना नियन्त्रणको नेतृत्वमा अहिलेसम्म नचुक्नु भएका उपप्रधानमन्त्री पोखरेलले कुनै त्रुटीहुन नदिने गरी काम अघि बढाउनु भएको छ ।

प्रतिकृया दिनुहोस्