RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/९ गते
५९८ पटक

काठमाडौं, ८ चैत । मानिस काम, अध्ययन र अवसरको खोजीमा सहर पस्ने गर्छन्। स्वभाविकरुपमा गाउँमा भन्दा सहरमा अवसरहरु हुन्छन्। कतिपयले सहर पसेपछि गाउँलाई चटक्क पनि विर्सिदिन्छन्। तर समय यस्तो पनि आउँछ वर्षौ गाउँ नपसेकाहरु एकाएक गाउँ पस्ने वातावरण बन्छ। जस्तो २०७२ को भूकम्प पछि सहर सुनसान जस्तै भयो। सहरमा अध्ययन वा कामको खोजीमा आएका मात्र होइन लामो समय यतै जमेकाहरु पनि आफ्नो गाउँ फर्किए।

अहिले नोवेल कोरोना (कोविड–१९) को त्रास विश्वभर छ। त्यस त्रासबाट नेपाल पनि अछुतो छैन। अहिले पनि बसपार्कमा पुग्ने हो भने घर फर्किनेहरुको भिड छ। सरकारले २५ जना भन्दा बढी भेला नहुन भने पनि नयाँ वसपार्क, कलंकी लगायतका स्थानमा जाने हो भने त्यहाँ सयौंको भिड टिकट काट्न बसिरको भेटिन्छ। आखिर मानिसले संकटमा किन गाउँलाई नै सम्झिन्छन् त ? मानवशास्त्री डम्बर चेम्जोङका अनुसार मानिसले आफूलाई विपद् सिर्जना हुने वित्तिकै सुरक्षित तथा एकान्तावास खोज्छ। त्यसैले मानिसहरु आफ्नो पुरानो घर वा गाउँ फर्कन हतार गर्दैछन्।

विश्वभर महामारीको रूपमा फैलिरहेको नोवेल कोरोना (कोविड–१९) भाइरसको त्रास विश्वभर छ। नेपालमा हालसम्म एक जना संक्रमित देखिएपनि आम जनमानसमा यसको त्रास बढेको छ। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले पनि नेपाल उच्च जोखिममा रहेको जनाइसकेको छ।पछिल्लो समय सरकारले पनि सतर्कता अपनाउन महत्वपूर्ण निर्णयहरु गरेको छ। यो खबर नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्