RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/९ गते
६२६ पटक

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दुई छिमेकी देश चीन र भारतसँगको नाकामा आवागमन पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

सरकारले यसअघि नै आज राति १२ बजेबाट सम्पूर्ण अन्तराष्ट्रीय उडान बन्द गर्ने निर्णय गरिसकेको छ। भोली बिहानदेखि नै लामोदुरीका सार्वजनिक सवारी बन्द गर्ने निर्णय भइसकेको छ।

त्यस्तै सरकारले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधीजन्य सामाग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ । उक्त कोषका लागिसबै मन्त्री १/१ महिनाको पारिश्रमिक दिने निर्णय पनि गरिएको छ। त्यस्तै अन्य सबैलाई सो कोषमा सहयोग गर्न सरकारले आह्वान गरेको छ ।

प्रतिकृया दिनुहोस्