RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१२ गते
११०६ पटक

दैलेख । विश्वभरि महामारीको रुप लिएको ‘कोभिड –१९’ ले दैलेख जिल्ला सरमुकामलगायत अन्य बजार सुनसान छन भने गाउँघरमा चहलपहल बढदै गएको छ । शहर देखी भारत वा तेस्रोमुलुकबाट गाउँमा मानिस फर्किएपछि शहर सुनसान र गाउँतिर चहलपहल बढेको हो । विदेशबाट फर्किएकालाई स्वास्थ्य चेक जाँच गरि १४ दिन सम्म क्वारेन्टाईनमा राख्ने व्यवस्थाले शहर सुरक्षित छ भने गाउँघरमा ‘हेल्थ डेस्क’ वा क्वारेन्टाईन नहुँदा जोखिम बढदै स्थानीय बुद्धिजिवी बताउँछन् ।

जिल्लाका ११ वटा स्थानीय तहमध्ये आठविस नगरपालिका,नौमुले गाउँपालिका र गुराँस गाउँपालिकामा भवतीमाई गाउँपालिका र दुल्लू नगरपालिका आईसोलेसन बेड तयार पारिएको छ भने अन्य गाउँपालिका नत क्वारेन्टाईन वेड तयार न त आईसोलेन वेड न । ती गाउँपालिका र नगरपालिकामा आईसोलेन वेड र क्वारेन्टाईन नहुँदा विदेशबाट फर्किएका मानिस निर्धक्क गाउँघरमा जाने गरेका छन् । हेल्थ जाँच नै गाउँघरमा जानाले रोग फैलिन त्रास बढेको ठाटीकाँध १ नामबहादुर शाहीले बताए । गाउँपालिकाले हेल्थ डेस्क आईसोलेन वेड र क्वारेन्टाईन नबनाउदा भारत वा तेस्रो मुलुकमा फर्किएका मानिस निर्धक्क घर आएका छन,यसले जनतामा त्रास फैलाएको छ । क्वारेन्टाईन बनाउन गाउँपालिका उदासिन बनेको शाहीको आरोप छ ।

हेल्थ डेस्क नहुँदा ती गाउँ वा नगरपालिकामा तेस्रो मुलुक वा भारतबाट घर फर्किएका स्थानीयबासी स्वास्थ्य चेक जाँच नगरेर निर्धक्क घर जाने गरेकाले ग्रामिण बस्ती असुरक्षित बन्दै गएका हुन् । हेल्थ डेस्क भएका गाउँ वा नगरपालिकामा क्वारेन्टाईन नहुँदा नाकामा मात्र स्वास्थ्य चेक जाँच गर्ने हुँदा त्यसपछि ती मानिस पनि गाउँमै जाने आठविस नगरपालिकाका चन्द्रबहादुर शाहीले बताए । “हेल्थ डेस्क राकममा छ । त्यहाँ भन्दा सात्तला,टुनीवगर,सिगौडी घर भएका मानिस स्वास्थ चेक जाँच नगरेर घर लाग्छन । गाउँमा आएकालाई क्वारेन्टाईन छैन । क्वारेन्टाईन नहुँदा घरमै बस्नुपर्ने बाध्यता छ । त्यसैले गर्दा शहर भन्दा गाउँघर असुरक्षित बन्दै गएका हुन् ।”राजधानी दैनिकबाट

प्रतिकृया दिनुहोस्