RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१२ गते
५८० पटक

भैरहवा: कोरोना आशंकामा भैरहवाको भीम अस्पतालमा भर्ना गरिएको बिरामीको रिपोर्ट नेगेटिभ आएको छ । शनिबार अस्पताल भर्ना गरिएका उनको शरीरबाट नमुना संकलन गरेर कोरोना संक्रमण परीक्षणका लागि ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पठाइएको थियो ।

बुधबार आएको कोरोना परीक्षणको रिपोर्टमा ती व्यक्तिमा कोरोना संक्रमण नदेखिएको (नेगेटिभ) भैरहवा भीम अस्पतालका सूचना अधिकारी गोपाल उपाध्ययले जानकारी दिए ।

दश दिनदेखि ज्वरो आएपछि उनी प्युठानको अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल, युनिभर्सल मेडिकल कलेज भैरहवाहुँदै भीम अस्पताल पुगेपछि उनलाई चिकित्सकले भर्ना गरी उपचार सुरु गरेका थिए ।

उनी भारतको कोरोना प्रभावित सहर चेन्नईबाट आएको र तत्कालै ज्वरो देखिएपछि कोरोना संक्रमणको आशंमा परीक्षण गरिएको थियो । चिकित्सक आवश्यक स्वास्थ्य सुरक्षा कवचको अभावमा पनि शंकास्पद बिरामीको उपचार गर्दा उच्च जोखिममा छन् ।

सरकारले स्वास्थ्य सुरक्षा कवचको व्यवस्था भनिएपनि हालसम्म व्यवस्था हुन सकेको छैन । अन्नपुर्ण पोष्ट दैनिकबाट ….

प्रतिकृया दिनुहोस्