RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१२ गते
६४५ पटक

काठमाडौं- कोरोना भाइरस (कोभिड-१९) को महामारी विश्वभर भैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार १९७ देश यो महामारीबाट प्रभावित छन्। नेपालमा पनि दुई जनामा कोरोना देखिएको छ। एक जना उपचार पछि घर फर्केका छन् भने एक युवतीको टेकु अस्पतालमा उपचार भइरहेको छ। फ्रान्सबाट आएकी ति युवतीसँग जहाजमा आउने सबैको पहिचना भइसकेको सरकारले जनाएको छ। नेपालमा एक हप्ताको लकडाउन घोषणा गरिएको छ भने भारतमा तीन हप्ताको लकडाउन घोषणा भएको छ।

कोरोना भाइरसका कारण विश्वका ४ लाख २२ हजार ९ सय ४५ मानिस संक्रमित बनेका छन्। चीनको वुहानमा पहिलोपटक देखिएको यो भाइरसका कारण ४ महिनामा १८ हजार ९ सय ७ को ज्यान गइसकेको छ।

कोरोनाका कारण संक्रमण र मृत्यु भइरहे पनि यसबाट सन्चो भएर घर फर्कनेको संख्या पनि उस्तै छन्। यसले कोरोना मृत्यु नै हो भन्ने गलत बुझाई भएको देखाएको छ। कोरोनाबाट स्वास्थ्यलाभ गर्नेको संख्या पनि बढेको नै देखिन्छ। वर्ल्डओमिटर्सका १ लाख ९ हजार १ सय २ जनाले स्वास्थ्य लाभ गरेका छन्। चीनमा संक्रमण देखिएका ७३ हजार ६ जनालाई सन्चो भइसकेको छ। यसरी हेर्दा भाइरस मुक्त हुनेको संख्या पनि धेरैनै देखिन्छ। यसले के देखाउँछ भने कोरोना लाग्दैमा मृत्यु भइहाल्छ भन्ने होइन। तर ज्येष्ठ नागरिक, दिर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई भने यसले छिटो प्रभावित बताउने देखिएको छ। औषधी पत्ता लगाइ नसकेको अवस्थामा यसबाट बच्न नियमित सावुन पानीले हात धुने, दुरी कामय गर्ने, घरबाहिर ननिस्कने जस्ता सावधानी नै अपनाउनु पर्ने देखिन्छ।

चीनको वुहानमा ८१ हजार भन्दा बढीमा यो संक्रमण देखिएको छ। इटालीले मृत्युदरमा चीनलाई उछिनेको छ। ५ हजारभन्दा मानिसले यहाँ ज्यान गुमाइसकेका छन्। मंगलबार ७४३ जनाले इटालीमा ज्यान गुमाएका थिए। ज्येष्ठ नागरिकको संख्या धेरै रहेकोले पनि यस्तो भएको जनाइएको छ। ७० हजारमा यसको संक्रमण देखिएको छ।

स्पेन, अमेरिका जस्ता देशमा यो फैलदो अवस्थामा छ। अमेरिकामा संक्रमितको संख्या ५५ हजार पुगिसकेको छ भने ज्यान गुमाउने ७७५ पुगेका छन्। स्पेनमा मंगलबार एकै दिन ६८० जनाको ज्यान गएको छ। यहाँ ४२ हजार संक्रमित छन्।नागरिक दैनिकबाट

प्रतिकृया दिनुहोस्