RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१२ गते
१२०२ पटक

चैत १२ गते । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार रातीबाट उपलब्ध गराउन सुरु गर्ने भएकाे छ । यस अघि बुधबार दिउँसाेबाट सुरू गर्ने भनिए पनि प्राविधक समस्याका कारण बेलुकाबाट मात्र सुरू गरिने नेपाल टेलिकमले जनाएकाे छ ।

यो सुविधा अन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन ।

मङ्गलबार नियामक नेपाल दूरसन्चार प्राधिकरणले सेवा प्रदायकलाई रिचार्ज बराबरकै बोनस उपलब्ध गराउन निर्देशन दिएको थियो । कोरोना संक्रमणको विषम अवस्थामा प्रयोगकर्तालाई थप सहयोग पुर्याउन प्राधिकरणले बढीमा एक महिनासम्म यस्तो सुविधा उपलब्ध गराउन निर्देशन गरेको थियो ।

प्रतिकृया दिनुहोस्