RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१३ गते
६४४ पटक

कोरोनाको त्राससँगै सहरका मान्छे सोहोरिएर गाउँ पसेका छन् । भारतबाट सीमा नाकाहुँदै ठेलमठेल फर्किएका हजारौँको भीड पनि गाउँमै पुगेको छ । तेस्रो मुलुकबाट जेजति फर्किए, ती पनि गाउँमै गएका छन् ।

गाउँका क्वारेन्टाइन रोजगारीका लागि भारत गएका र कोरोना संक्रमण फैलिएपछि गाउँ फर्किएका सर्वसाधारणलाई कतिपय गाउँमा क्वारेन्टाइनमा राखिएको छ । तर, ती क्वारेन्टाइनको अवस्था कस्तो छ ? अछाम मंगलसेनमा रहेको क्वारेन्टाइनको यो तस्बिरले देखाउँछ, जहाँ ५० जनाको समूहमा २८ पुरुष र १० महिलामात्र होइन, १२ बालबालिका पनि असुरक्षित बसाइमा छन् । तस्बिर : ध्रुव बिसी (अछाम)
तर, गाउँमा संक्रमण फैलिए जुध्ने प्रभावकारी तयारी छैन । मान्छेको चापका तुलनामा क्वारेन्टाइन र आइसोलेसन बेड नगन्य छन् । स्वास्थ्य संस्थाहरूमा सामान्य उपकरणको समेत अभाव छ ।

१ देखि १० चैतसम्म १२ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छोडेका छन् । यस अवधिमा सात लाख भने उपत्यकामा भित्रिएका छन् । उपत्यकाबाट बाहिरिएका धेरैजसो सार्वजनिक यातायात चढेर गृहघर गएका छन् । उनीहरूमध्ये कतिपय कामविशेषले आएर फर्किनेहरू पनि छन् । उपत्यकाबाहिरका सहरहरूबाट समेत ठूलो संख्यामा सर्वसाधारण गाउँ पुगेका छन् ।

त्यस्तै, भारतमा कोरोना संक्रमण देखिएपछि नेपाल–भारत सीमा क्षेत्रमा पनि स्वास्थ्य जाँच सुरु गरिएको थियो । त्यसबीचमा करिब १० लाखको ज्वरो परीक्षण भएको छ । सशस्त्र प्रहरीको तथ्यांकअनुसार २४ फागुनदेखि १२ चैतसम्म सीमामा रहेका सशस्त्रको हेल्प डेस्कमा मात्रै सात लाख चार हजारको ज्वरो परीक्षण गरिएको छ । त्यसमध्ये ९० प्रतिशत नेपाली र १० प्रतिशत भारतीय भएको सशस्त्रका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठको भनाइ छ ।

भारतबाट फर्किने कतिपयलाई सेनाको स्वास्थ्य टोलीले परीक्षण गरेको थियो । कतिपय भने परीक्षण नै नगराई भित्रिएका छन् । सबै गरी भारतबाट करिब १० लाख भित्रिएको र यसमध्ये आधाजसो सीमा क्षेत्रका नागरिक भएको गृह मन्त्रालयको आकलन छ । भारतमै रोजगारी गरिरहेका नेपाली पाँच लाखजति फर्किएको गृहको अनुमान छ । भारतमा संक्रमण देखिएयता सीमामा परीक्षण थालिएको थियो । उताबाट आएका कतिपय क्वारेन्टाइनबाट समेत भागेका थिए । नयाँ पत्रिका दैनिकबाट ……

प्रतिकृया दिनुहोस्