RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१३ गते
९१० पटक

चैत १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को उपचारमा संलग्न चिकित्सक र प्राविधिकलाई सन्देश दिँदै मानवीय संकटको एकजुट भएर सामना गर्न आह्वान गर्नुभएको छ ।

कारोना भाइरसबाट बच्न लकडाउन गरिएको दोस्रो दिन आम नेपालीलाई घरभित्रै बस्न सन्देश दिनुभएका प्रधानमन्त्री ओलीले आज ट्वीट गर्दै प्रधानमन्त्री ओलीले (कोभिड–१९) को उपचारमा संलग्न चिकित्सक र प्राविधिकलाई यस्तो अपिल गर्नुभएको हो ।

‘चिकित्सक तथा प्राविधिक साथीहरु हाल मौज्दात सामग्रीको आधिकाधिक प्रयोगबाट परीक्षण र उपचारमा सामेल होऔँ, तपाईंहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन् धैर्य गरौँ’,

प्रधानमन्त्री ओलीले भन्नुभएको छ, ‘कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौँ, सरकार तपाईंहरुसँगै छ, चिन्तित नहोऔँ ।’

 

प्रतिकृया दिनुहोस्