RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१४ गते
१६५ पटक

काठमाडौं । (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमार्फत चीनबाट मेडिकल सामग्री नेपाल ल्याइने भएको छ । निगमका प्रवक्ता अर्चना खड्काले मेडिकल सामग्री लिन वाइड बडी जहाज शनिबार चीन जाने तर त्यसका लागि आवश्यक प्रक्रिया टुङ्गिनसकेको जानकारी दिए ।

“हाम्रा (निगमको) वाइड बडी जहाज शनिबार चीन पठाउने तयारी गरिएको हो तर यो प्रक्रियामै छ, ‘ओभर फ्लाइङ पर्मिशन’का लागि सम्बन्धित मुलुकसँग पहलकदमी भइरहेको छ ।

वाइड बडी जहाजले कोभिड– १९ परीक्षण गर्ने किट र पिपिई लगायतका औषधिजन्य सामग्री ल्याउनेछ । यो चार्टर्ड उडानका लागि सम्बन्धित मुलुकसँग उडान अनुमतिका लागि कूटनीतिक तवरबाट पहल भइरहेको जनाइएको छ ।

यसअघि कोभिड–१९ पहिलोपटक फेला परेको चीनको वुहान प्रान्तमा रहेका नेपालीलाई पनि निगमकै वाइड बडी जहाजले स्वदेश ल्याएको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले निगमको वाइड बडी जहाज चीन जाने तयारी भइरहेको तर उडान तालिका भने यकिन भइनसकेको जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस्