RaraNews

अबिरल यात्री [भण्डारी नरेश ] प्रकाशित : २०७६/१२/१५ गते
१४१७ पटक
अबिरल यात्री [भण्डारी नरेश ]

मेरो एक मात्र आदराणिय दाजु पाउँ परि ढोक छ ।
दाजु आजका मितिसम्म म सेल्फ क्वारेन्टाइनमा आरामै छु । तपाईलाई पनि आराम रहनु होला भनि म कुल देबतासँग प्रर्थाना गरेको छु । बुवा नेपालगंजमा हुनुहुन्छ आमा बित्यको केहि बर्ष भयो । बुवा पनि आरामै हुनुहुन्छ भन्ने भर्खर खबर पाएको छु ।

तपाई केहि सात अगाडि नेपाल आउनु भाको खवर मैले पाएको थिए तपाईका साथीबाट । शहरमा बस्दै र पढ्दै गरेका भाउजु र केटाकेटीहरुलाई लिए र तपाई गाउँ जानु भयो भन्ने खबर पनि पाए गाउँको दिदिबाट ।

बिश्व भरि कोरोना भाइरसको बिगबिगी छ । तपाई पनि कोरोना भाइरसले आक्रान्त भएको देशबाट नेपाल आउनु भएको हो । दाजु तपाई नेपाल पुगेको दुई दिन भित्र हाम्रो देश नेपाल लगडाउनको अबस्थामा पुग्यो ।

तपाई जस्तै बिदेशबाट आएका तिन जना नेपालीलाई कोरोना पुष्टि भई सकेको छ दाजु । तपाईलाई सामान्य परिक्षण समेत भएको छैन । तपाईलाई राज्यले खोजी गरेको छ आग्रह गरेको छ तर तपाई सम्पर्कमा आउनु भएको छैन । किन ?  मैले पाएको अपुष्ट खबर अनुसार तपाई गाउँमा रमाउदै बस्नु भएको छ रे ।

मेरो दाजु चार जनाको हाम्रो परिवार भाउजु सहित पाँच बुवा पछिको मेरो अभिभावक तपाई । गाउँमा खान पुग्ने सम्पति हाम्रो धेरै पुस्तालाई पुग्यो हामी दुई भाईलाई किन नपुग्दो हो र तपाई आतिनु भयो र बिदेश जाने निर्णय लिनु भयो ।

तपाईलाई बिदेश जाने रोग जाग्यो म सानै थिए बुवा आमाले केहि बोल्नु भएन । अन्तमा तपाई बिदेश हिड्नु भयो आमा बिमारी भाउजुले पनि काममा जागर देखाउँन छोड्नु भयो । हाम्रा खेतबारी बाझा हुने क्रम त्यहि बेला देखि सुरु भए दाजु ।

दाजु तपाई बिदेश हिडेको बर्ष दिन नपुग्दै भाउजु पनि शहर तिर हिड्नु भयो । आमाको स्वास्थ्य अबस्था पनी दिनदिन निकै कमजोर हुदै गयो । त्यसै बिचमा तपाईले शहरमा घडेरी किनेको खबर सुनियो ।

आमाको उपचार गराउन नसकेर बुवा र म दुखि थियौं त्यसको केहि समय पछि आमाको निधन भयो । भाउजुका अनुसार तपाईलाई कम्पनिले बिदा दिएन रे त्यसैले तपाई आउनु भएन हामीले केहि दुख मानेनौ ।

आमाको निधन पछि बुवाको स्वास्थ्य अबस्था नराम्रो बन्दै गयो बेला बेला बुवा बिरामी हुन थाल्नु भयो तर तपाई आउनु भएन कहिले काहि तपाईको फोन चाहि आएको सम्झना छ मलाई । त्यसै बिचमा तपाईले शहरमा घर बनाउनु भएको खबर पनि मैले पाए खुसी लाग्यो ।

तपाईलाई सम्झना छ कि छैन दाजु पाँच बर्षको अन्तरालमा तपाईसँग मेरो फोनमा कुरा भयो तपाईले भन्नु भयो गाउँको सम्पति सबै तलाई नै भयो कान्छा अब मलाई गाउँ चाहिदैन मैले केहि बोलिन त्यति बेला ।

दाजु तपाईका सबै कुरा र ब्यवारको उत्तर म यसै पत्र मार्फत दिदै छु आज दुख नमानु होला है ।  बिश्व भरिका शक्तिशालि देश कोराना नामक भाइरसका कारण ठुलो तनाब बोकि रहेका छन् । इटली र स्पेनको त कुरै नगरौं छिमेकि देश भारत पनि २१ दिने लाम्रो लगडाउनमा छ । हाम्रो देश नेपाल पनि एक हप्ता लगडाउनमा भएको आज पाँचौ दिन हो । जनजिबन अस्तब्यस्त छ दाजु ।

दाजु तपाई बिदेश हिड्ने निर्णयमा पनी बोलिन भाउजुलाई शहर राख्ने कुरामा पनि बोलिन आमाको निधनमा तपाई घर नआउदा पनि रिसाइन बुवा बिरामी हुदा पनि मैले तपाईलाई केहि नभनेर असल भाईको भुमिका खेलेको ममा अझै पनि भ्रम छ ।

हो दाजु तपाईले बिदेशमा पसिना बगाएको रेमिटान्सले हाम्रो देशको अर्थतन्त्र चल्न केहि मद्धत गर्यो होला । म मान्छु तपाईले बिदेशमा कमाएको पैसाले मेरा भाउजु र भतिजाहरु शहरको राम्रो घरमा बस्छन राम्रो स्कुलमा पढ्छन् र तपाईको बलियो आर्थिक हैषिय देखेर म भन्दा धेरै खुसी को होला दाजु ।

दाजु बिचारा गाउँका लागी तपाईले कहिले केहि सोच्नु भएन । बिश्व भरि फैलिएको यो माहामारीमा नत तपाईले कमाएको पैसा काम लाग्यो नत तपाईको शहरको घर बल्ल तपाईलाई गाउँको सम्झनाले सतायो अनि तपाईलाई लाग्यो संसारको सबै भन्दा सुरक्षित ठाउँ नै गाउँ लाग्यो । तर आज यो हाम्रो सुन्दर गाउँ तपाईबाट असुरक्षित भएको महशुस गरि रहेको छ ।

किन होला त्यो कुरा तपाई आफैले बुझनु पर्ने हो मैले भनिराख्नु पदैन होला । तपाई कुन प्लेनमा नेपाल आउनु भएको हो त्यसमा कति नेपाली यात्रु थिए तपाईले चिनेका कति छन् ।

यदि तपाइलाई नेपाल नेपाली र आफ्नो गाउँको माया लाग्छ भन्ने यस्ता सबै सुचना राज्यलाई दिनुहोस तपाई आफै पनि मात्र १४ दिन त हो क्वारेन्टाइनमा बसिदिएर कोरोना नियन्त्रण र राज्यलाई सहयोग गर्नुहोस ।

तपाई स्वस्थ हुनुहुन्छ भन्ने कुरामा म सय प्रतिशद ढुक छु दाजु । यदि तपाई क्वारेन्टाइनमा बस्न तयार हुनु भएन भने म आफैले तपाईलाई समात्येर राज्यको जिम्मा लगाउनु पर्ने दिन आउन सक्छ ।

                                                                                                                                      उहि तपाईको भाई कान्छो …………

प्रतिकृया दिनुहोस्