RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१६ गते
१०६० पटक

नेपाल आयल निगमले ग्यासको बढ्दो मागलाई सम्बोधन गर्न आइतबार दिउँसो १ बजेबाट पुरा ग्यास (१४.२) भरिएको सिलिण्डर बिक्रीमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धपछि आइतबारदेखी आधा ग्यास (७.१ किलोग्राम) भएको सिलिण्डर मात्र प्रचलनमा ल्याउँदै छ ।

लकडाउनपछि भारतबाटै कम ग्यास आयात भएको र नेपालमा माग ह्वात्तै बढेको बेला सबैको पहुँचमा ग्यास पुर्‍याउन सिलिण्डरमा आधा परिमाण मात्र भरेर राख्न निगमले तीन दिनअघि नै उद्योगीलाई निर्देशन दिइसकेको थियो ।

शनिबार साँझ एक सूचना जारी गरी निगमले सबै बिक्रेताहरुलाई आइतबार दिउँसो १ बजेबाट पूरा ग्यास भरिएको सिलिण्डर बिक्री नगर्न निर्देशन दिएको हो । यसअघि आएको पुरा ग्यास भरिएको सिलिण्डर मौज्दात भए सम्बन्धित उद्योगमा फिर्ता गर्न पनि निगमले निर्देशन दिएको छ ।

निगम प्रवक्ता बिनितमणी उपाध्यायले जारी गरेको सूचनामा भनिएको छ, ‘ग्यास बिक्रेता/डिस्ट्रीब्यूटरकहाँ मौज्दातमा भएको १४.२ किलोग्राम ग्यास भरिएको सिलिण्डर २०७६–१२–१६ गते दिनको १ बजेसम्म बिक्री गरिसक्नुपर्ने तथा सो ग्यास बिक्री नभएको अवस्थामा सम्बन्धित ग्यास उद्योगमा फिर्ता पठाइसक्नुपर्नेछ । २०७६–१२–१६ को १ बजे पछाडी १४.२ किलोग्रामको सिलिण्डर बिक्रेता/डिस्ट्रीब्यूटरकहाँ मौज्दात रहेको पाइएमा निजहरुलाई प्रचलित कानून बमोजिम कारबाही हुनेछ ।’नयाँ पत्रिका दैनिकबाट ….

प्रतिकृया दिनुहोस्