RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१६ गते
१००६ पटक

चैत्र १६ गते । सशस्त्र प्रहरी बलले नेपालका ७७ जिल्लामै आफ्ना प्रहरी तथा स्वास्थ्य कर्मचारी खटाएको छ । देशभरमा उच्च मनोवलका साथ शसस्त्र प्रहरी बल नेपालका १८ हजारभन्दा धेरै शसस्त्र प्रहरी परिचालन गरेर कोरोना रोकथाकमा सकृयता देखाएको छ ।

कोरोना भाइरस (कोभिड–१९)लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले आफ्ना सम्पूर्ण ड्यूटिलाई उच्च सतर्कतामा राखेर यस विरुद्धको अभियानमा सकृत रहेको जनाएको छ ।
यस परिस्थितिमा द्विविधारहित ढंगले परिचालित भई स्थानीय जनतालाई प्रत्यक्ष सेवा, सुरक्षा, सहयोग तथा आपद विपद्मा परेकाहरुको उद्वारमा सकृय रहन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको थियो । शसस्त्र प्रहरीका प्रवक्ता प्रविनकुमार श्रेष्ठले देशभरीमा उच्च मनोवल बोकेर १८ हजारभन्दा धेरै शसस्त्र प्रहरी जिम्मेवारी पुरा गरिरहेको बताउनुभयो ।

क्षेत्रहरुमा उत्कृष्ट कार्यसम्पादनका लागि निर्देशन एवं परिपत्रका माध्यमबाट सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई स्पष्ट निर्देशन दिईएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
यसैबीच सरकारले लागू गरेको ‘लक डाउन’मा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै सशस्त्र प्रहरी बलले स्थानीय स्तरमा समेत जनचेतनामा अभिबृद्वि गर्न माईकिङ लगायत विभिन्न प्रयासहरु गरिरहेको प्रवक्ता श्रेष्ठले स्पष्ट पार्नुभयो ।

सशस्त्र प्रहरी बलको टोली देशका विभिन्न १६१ स्थानमा हेल्थ डेस्क स्थापना गरिएको प्रवक्ता श्रेष्ठले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । जसमा कुल ५३० जना सशस्त्र प्रहरी कर्मचारी खटिएको उहाँले स्पष्ट पार्नुभयो ।
स्थानीय स्तरमा उपलब्ध श्रोत साधनको उपयोग गरी मास्क उत्पादन गरी निःशुल्क वितरण, विभिन्न ठाउँहरुमा सावुन पानीको व्यवस्था, कोरोना भाईरसबाट जोगिने उपाय लेखिएका जनचेतना मूलक पर्चा पम्पलेट वितरण लगायतका कार्यहरु समेत गरिएका छन् । सीमा नाकाबाट आवतजावत नियन्त्रण, ‘लक डाउन’को वेवास्था गर्दै लापर्वाही पूर्वक सडकमा निस्केका स्थानीय व्यक्ति तथा सवारी साधन नियन्त्रण लगायतका कार्यहरुमा समेत एपीएफ टोली परिचालन गरिएको उहाँले बताउनुभयो ।

शसस्त्र प्रहरी बलसँगै नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त प्रयासबाट शुक्रबार, शनिबार र आइतबार बिहानसम्म मोरङ जिल्लाको जोगवनी नाकाबाट १३ जनालाई स्थानीय निक्लाजुङ गाउँपालिका स्थित क्वारेन्टाईनमा पठाईएको छ भने रुपन्देहीको सुनौली बेलहीया नाकाबाट ११ जना तथा बैतडीको झुलाघाटबाट १८६ जना र दार्चुलाको पुलघाटबाट २२५ जनालाई स्थानीय क्वारेन्टाईन तथा सम्बन्धित
जिल्लाहरुमा क्वारेन्टाईन तथा होम क्वारेन्टाईनमा रहने गरी पठाईएको शसस्त्र प्रहरी बलले जनाएको छ । विभिन्न स्थानमा खटिएको एपीएफ टोलीले स्थानीय प्रशासन तथा प्रहरी सँग समन्वयन गरी आफ्नो दायित्व निर्वाह गरिरहेका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । गोरखापत्र दैनिकबाट ………..

प्रतिकृया दिनुहोस्