RaraNews

रारान्यूज संवाददाता प्रकाशित : २०७६/१२/१६ गते
६५५ पटक

काठमाडौं :  नेपालस्थित चिनियाँ राजदुत होउ यान्छीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगी ती सामानहरु स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकी हुन्।

चिनिया दुतावास एवंम् सिन्चुवान प्रान्तले पुन प्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन ९५ मास्क २ हजार थान, चश्मा ५ सय थान, थर्मोमिटर १ सय थान, व्यक्तिगत सुरक्षा सामाग्री ५ सय ३० थान, भ्यान्टीलेटर एक थान र क्वारेन्टाईन टेबल ४ सय बक्सा उपलब्ध गराएको छ ।

त्यसैगरी अलिबाबा फाउन्डेसन र ज्याक मा फाउन्डेसनले  एन-९५ फाइब मास्क १ लाख २ सय थान र पिसिआर टेस्ट किट्स २ हजार ६४ थान उपलब्ध गराएको छ । चाइना सिएएमसी इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले व्यक्तिगत सुरक्षा सामाग्री २ सय थान, पुन प्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चश्मा २ सय थान र पञ्जा २ हजार थान, उपलब्ध गराएको छ।

स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दे चिनिया राजदूत यान्छीले कोभिड १९ को समस्या कुनै पनि एउटा मुलुकको मात्रै समस्या र चासोको विषय नभएर विश्‍वव्यापी समस्या भएकाले आफ्नो मुलुक नेपालसँगै अन्तरराष्ट्रियस्तरमा नै सहयोग गर्न तयार रहेको बताइन्। सामान हस्तान्तरणपछि मन्त्री ढकालले चीनबाट प्राप्त सहयोगले नेपालमा कोभिड-१९ को रोकथाम एवं उपचार र व्यवस्थापन कार्यमा सहयोगी हुने विश्वास व्यक्त गरे।

असल छिमेकीको रुपमा एक अर्कालाई सहयोग गर्ने असल परम्परालाई कायम राख्दै चीन सरकार र चीनका विभिन्‍न संस्थाहरुबाट प्राप्त सहयोगको मन्त्री ढकालले प्रसंशा गर्दै ती संस्थालाई धन्यवाद पनि दिए।

सुरुमा यो रोग चीनको मात्रै हो भनेर नकारात्मक सन्देश भाव राख्‍नेहरुले विश्‍वभर फैलिएपछि विश्‍व्यापी महामारीको रुपमा बुझे’, उनले भने, ‘यो रोगलाई नियन्त्रण गर्ने कुराको नेतृत्व गर्ने चिनियाँ सरकार, राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री लगायत त्यहाँको कुशल नेतृत्वप्रति पनि म नेपाली जनताको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दछु।’

 

 

प्रतिकृया दिनुहोस्